रुकुम पश्चिम : उनिउँकाे झाडीबाट ३ नाल भरुवा बन्दुक बरामद
2 years अगाडी
manoj Thapa
रुकुम पश्चिम – जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले तीन नाल भरुवा बन्दुक बरामद गरेको छ । आज बुधवार बिहान मुसिकोट नगरपालिका–७ साँखको बैरीदहबाट तीन थान भरुवा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक (इन्स्पेक्टर) विष्णुप्रसाद श्रेष्ठका अनुसार बैरीदहकाे उनिउँको झाडीमा तीन थान भरुवा बन्दुक फेला परेकाे हो । बरामद भएका भरुवा बन्दुकलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर अनुसन्धान शुरु गरिएको छ ।
तीन दिनअघि मात्र पनि प्रहरीले मुसिकाेट–७ काे ग्यामखोलाकाे जङ्गलको ओडारबाट सात नाल भरुवा बन्दुक बरामद गरेको थियो । उज्यालो
August 2, 2023 4:19 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
राउटे समुदायका युवायुवती प्राथमिक उपचारसम्बन्धी तालिममा सहभागी
ग्रिनल्याण्डलाई लिएर अमेरिका र युरोपबीच तनाव
निरम प्रोड्क्सन कुवेतको निरम सांगितिक उत्सवका लागी नेपालबाट आमन्त्रित गायक राजु लामा भोली बुधवार कुवेत आइपुग्ने
चुनाव निश्चित, दिल्ली दौडको अन्तर्य अनिश्चित
उदयपुर मिलिजुली समाज कुवेतद्वारा रक्तदान कार्यक्रम गर्दै :
भेनेजुएलाका राष्ट्रपति मदुरो अमेरिकी सेनाको नियन्त्रणमा रहेको तस्बिर ट्रम्पद्वारा सार्वजनिक
१० साना दलले बनाए चार गठबन्धन
Loading...