स्वदेशी फूलले बजारको माग धान्नै मुस्किल
काठमाण्डौ – लगानी अभावका कारण बजारको मागअनुसार स्वदेशी फूल उत्पादन हुन सकेको छैन।
स्वदेशी उत्पादनले बजारको माग धान्न नसकेपछि आयात गर्नुपरेको फ्लोरिकल्चर एशोसिएशनले जनाएको छ ।
हरेक वर्ष माग १५ देखि २० प्रतिशतसम्म बढ्दै गएको छ तर उत्पादन भने बढीमा १० प्रतिशतले बढ्ने गरेको फ्लोरिकल्चर एशोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले बताउनुभयो ।
गएको वर्ष तीन अर्ब सात करोडको फूलकाे कारोबार भएको थियाे ।
तिहारमा प्रयोग हुने मखमली र गोदाबरी फूल स्वदेशी उत्पादनले नै पुग्ने गरेको भए पनि सयपत्री र रातो गुलाफ भने छिमेकी भारतबाट ल्याउनुपर्ने बाध्यता छ ।
फूलको माग बढेपछि काठमाण्डौ उपत्यकासहित कास्की, चितवन, मकवानपुर, काभ्रे, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४८ जिल्लामा नर्सरी विस्तार भएका छन् ।
नेपालमा झण्डै दुई सय २१ हेक्टर क्षेत्रफलमा एक हजार एक सय १६ व्यवसायीले पुष्प खेती गरेका छन् । उज्यालो
August 28, 2023 4:59 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
राउटे समुदायका युवायुवती प्राथमिक उपचारसम्बन्धी तालिममा सहभागी
ग्रिनल्याण्डलाई लिएर अमेरिका र युरोपबीच तनाव
निरम प्रोड्क्सन कुवेतको निरम सांगितिक उत्सवका लागी नेपालबाट आमन्त्रित गायक राजु लामा भोली बुधवार कुवेत आइपुग्ने
चुनाव निश्चित, दिल्ली दौडको अन्तर्य अनिश्चित
उदयपुर मिलिजुली समाज कुवेतद्वारा रक्तदान कार्यक्रम गर्दै :
भेनेजुएलाका राष्ट्रपति मदुरो अमेरिकी सेनाको नियन्त्रणमा रहेको तस्बिर ट्रम्पद्वारा सार्वजनिक
१० साना दलले बनाए चार गठबन्धन