बालेनलक्षित काठमाण्डौ प्रशासनको विज्ञप्ति : ‘सरकारी कर्मचारीलाई निरुत्साहित पार्नेगरी वक्तव्यबाजी नगर्नू’
काठमाण्डाै – जिल्ला प्रशासन कार्यालय काठमाण्डौले असल मनसायबाट गरिएका सरकारी काम र काममा खटिएका व्यक्तिलाई निरुत्साहित गर्ने गरी वक्तव्यबाजी नगर्न अनुरोध गरेको छ ।
प्रशासन कार्यालयले आज विज्ञप्ति निकालेर प्रचलित कानुनको विरुद्ध हुने गतिविधि नियन्त्रण गर्न स्थानीय प्रशासन प्रतिबद्ध रहेको भन्दै त्यस्तो काममा अवरोध पुग्नेगरी सामाजिक सञ्जाल तथा अन्यत्र जथाभाबी नलेख्न आग्रह गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी खड्गबहादुर श्रेष्ठले निकाल्नुभएको विज्ञप्तिले प्रसङ्ग उल्लेख नभए पनि पछिल्लो समय चर्चामा रहेकाे काठमाण्डौ महानगरका मेयर बालेन्द्र शाहको फेसबुक स्टाटसप्रति इङ्गित गरेकाे छ। शनिवार राति मेयरशाहकी पत्नी चढेको सरकारी नम्बर प्लेटको गाडी कोटेश्वरमा ट्राफिक प्रहरीले रोकेको थियो ।
चालकसँग सवारी पास नभएकाले अबदेखि बिदाको समयमा गाडी चलाउन पास बोकेर हिँड्नू भन्दै ट्राफिक प्रहरीले छाडिदिएका थिए । श्रीमती चढेको गाडीका चालकलाई सोधपुछ गरेको भन्दै मेयर शाहले सिंहदरबारमा आगो लगाइदिने धम्कीपूर्ण स्टाटस सामाजिक सञ्जालमा पोष्ट गर्नुभएको थियो ।
बालेनको धम्कीपूर्ण स्टाटसकाे सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आलोचना भएपछि हिजो बालेनको सचिवालयले विज्ञप्ति निकालेर जाँचका नाममा सुरक्षाकर्मीबाट अभद्र व्यवहार भएको आरोप लगाएको थियो ।
यस सन्दर्भमा जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति निकालेर कुनै गुनासो भएमा तथ्य प्रमाणसहित सम्बन्धित निकायका प्रमुख वा गुनासो सुन्ने अधिकारीसमक्ष जानकारी दिन र जथाभाबी वक्तव्यबाजी नगर्न भनेको हो ।
विज्ञप्तिमा सार्वजनिक बिदाको दिन सरकारी गाडीको सञ्चालनमा निगरानी र नियन्त्रण स्थानीय प्रशासनको जिम्मेवारी भएको भन्दै यसलाई कडाइकासाथ पालना गराइरहेको र अब पनि गराउने उल्लेख छ । उज्यालो

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो