बालेनलक्षित काठमाण्डौ प्रशासनको विज्ञप्ति : ‘सरकारी कर्मचारीलाई निरुत्साहित पार्नेगरी वक्तव्यबाजी नगर्नू’
काठमाण्डाै – जिल्ला प्रशासन कार्यालय काठमाण्डौले असल मनसायबाट गरिएका सरकारी काम र काममा खटिएका व्यक्तिलाई निरुत्साहित गर्ने गरी वक्तव्यबाजी नगर्न अनुरोध गरेको छ ।
प्रशासन कार्यालयले आज विज्ञप्ति निकालेर प्रचलित कानुनको विरुद्ध हुने गतिविधि नियन्त्रण गर्न स्थानीय प्रशासन प्रतिबद्ध रहेको भन्दै त्यस्तो काममा अवरोध पुग्नेगरी सामाजिक सञ्जाल तथा अन्यत्र जथाभाबी नलेख्न आग्रह गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी खड्गबहादुर श्रेष्ठले निकाल्नुभएको विज्ञप्तिले प्रसङ्ग उल्लेख नभए पनि पछिल्लो समय चर्चामा रहेकाे काठमाण्डौ महानगरका मेयर बालेन्द्र शाहको फेसबुक स्टाटसप्रति इङ्गित गरेकाे छ। शनिवार राति मेयरशाहकी पत्नी चढेको सरकारी नम्बर प्लेटको गाडी कोटेश्वरमा ट्राफिक प्रहरीले रोकेको थियो ।
चालकसँग सवारी पास नभएकाले अबदेखि बिदाको समयमा गाडी चलाउन पास बोकेर हिँड्नू भन्दै ट्राफिक प्रहरीले छाडिदिएका थिए । श्रीमती चढेको गाडीका चालकलाई सोधपुछ गरेको भन्दै मेयर शाहले सिंहदरबारमा आगो लगाइदिने धम्कीपूर्ण स्टाटस सामाजिक सञ्जालमा पोष्ट गर्नुभएको थियो ।
बालेनको धम्कीपूर्ण स्टाटसकाे सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आलोचना भएपछि हिजो बालेनको सचिवालयले विज्ञप्ति निकालेर जाँचका नाममा सुरक्षाकर्मीबाट अभद्र व्यवहार भएको आरोप लगाएको थियो ।
यस सन्दर्भमा जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति निकालेर कुनै गुनासो भएमा तथ्य प्रमाणसहित सम्बन्धित निकायका प्रमुख वा गुनासो सुन्ने अधिकारीसमक्ष जानकारी दिन र जथाभाबी वक्तव्यबाजी नगर्न भनेको हो ।
विज्ञप्तिमा सार्वजनिक बिदाको दिन सरकारी गाडीको सञ्चालनमा निगरानी र नियन्त्रण स्थानीय प्रशासनको जिम्मेवारी भएको भन्दै यसलाई कडाइकासाथ पालना गराइरहेको र अब पनि गराउने उल्लेख छ । उज्यालो

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
राउटे समुदायका युवायुवती प्राथमिक उपचारसम्बन्धी तालिममा सहभागी
ग्रिनल्याण्डलाई लिएर अमेरिका र युरोपबीच तनाव
निरम प्रोड्क्सन कुवेतको निरम सांगितिक उत्सवका लागी नेपालबाट आमन्त्रित गायक राजु लामा भोली बुधवार कुवेत आइपुग्ने
चुनाव निश्चित, दिल्ली दौडको अन्तर्य अनिश्चित
उदयपुर मिलिजुली समाज कुवेतद्वारा रक्तदान कार्यक्रम गर्दै :
भेनेजुएलाका राष्ट्रपति मदुरो अमेरिकी सेनाको नियन्त्रणमा रहेको तस्बिर ट्रम्पद्वारा सार्वजनिक
१० साना दलले बनाए चार गठबन्धन