डाक्टरमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छ : प्रधानमन्त्री प्रचण्ड
काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले डाक्टरमाथि आक्रमण गर्नेलाई कारबाही गरिने बताउनुभएकाे छ ।
आज बिहीवार नेपाल चिकित्सक सङ्घको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले डाक्टरमाथि आक्रमण गर्नेलाई कानुन बमोजिम कारबाही गर्ने प्रतिबद्धता जनाउनुभएको सङ्घका उपाध्यक्ष डा. प्रकाश बुढाथोकीले जानकारी दिनुभयो । प्रधानमन्त्री प्रचण्डले सार्वजनिकस्थलमा काम गरिरहेका स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई उन्मुक्ति नदिने बताउनुभएको उहाँले जानकारी दिनुभयो ।
सङ्घका अध्यक्ष डा. अनिल विक्रम कार्कीको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ अनुसार कानुनी कारबाही गर्न माग गरिएको छ ।
यही भदौ २७ गते हेटौँडामा रहेको सञ्चो अस्पतालका डा. विकास थापा र डा. प्रशान्त alडारीलाई बिरामीको उपचार गरिरहेको बेला साङ्घातिक आक्रमण गरिएको थियो ।
यही घटनालाई लिएर आज प्रधानमन्त्रीसँग सङ्घको टोलीले भेट गरेको थियो । सङ्घले नियमित रूपमा उपचार प्रक्रियालाई इमानदारितापूर्वक पालना गरी थप सुविधा सम्पन्न अस्पतालमा बिरामीलाई पठाइएको र बिरामीको ज्यान गएको घटनालाई अतिरञ्जित गरी डाक्टरलाई हातपात गर्नेजस्तो अस्वाभाविक र अमानवीय घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई पहिचान गरी कानुनी दायरामा ल्याउन माग गरेको छ ।
डेङ्गी सङ्क्रमण भएपछि बिरामीलाई थप उपचारका लागि सञ्चो अस्पतालबाट डाक्टरहरूले चितवन ‘रिफर’ गरेका थिए । उपचारका क्रममा बिरामीको यही साउन २५ गते ज्यान गएपछि सञ्चो अस्पतालमा कार्यरत डाक्टरद्वयमाथि आक्रमण भएकाे थियाे । उज्यालो
September 14, 2023 5:51 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो