रिगल’ काे कैद मिनाहाविरुद्ध अनशन शुरु गर्नुभएकी भारती अस्पताल भर्ना
काठमाण्डाै – श्रीमान् चेतन मानन्धरको हत्या गर्ने योगराज ढकाल (रिगल) लाई सरकारले दिएको कैद मिनाहाविरुद्ध अनशन शुरु गर्नुभएकी भारती मानन्धर अस्पताल भर्ना हुनुभएकाे छ । उहाँकाे अहिले वीर अस्पतालमा उपचार भइरहेको छ ।
भारती आज बुधवार सर्वोच्च अदालत परिसरमा बेहाेस भएर ढलेपछि उहाँलाई उपचारका लागि वीर अस्पताल लगिएको हाे । आममाफीविरुद्ध उहाँले दायर गर्नुभएको रिटको सर्वोच्चमा आज पहिलो पेसी थियो । तारिख लिएर फर्किने क्रममा उहाँ बेहाेस हुनुभएकाे हाे ।
न्यायका लागि नेपालगञ्जबाट काठमाण्डाै आएकी भारतीले माइतीघरमा आजदेखि रिले अनशन शुरु गर्नुभएकाे छ । अनशन शुरु गर्ने क्रममा उहाँले न्याय नपाएसम्म सङ्घर्ष कायम राख्ने बताउनुभएको थियो ।
रिगलविरुद्ध २०७२ असार २८ गते नेपालगञ्जको धम्बोजी चोकमा चेतनमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग थियो । उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । तर संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले कैद मिनाहा गरेपछि रिगल छुटेका थिए । उज्यालो
October 4, 2023 6:04 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव