रिगल’ काे कैद मिनाहाविरुद्ध अनशन शुरु गर्नुभएकी भारती अस्पताल भर्ना
काठमाण्डाै – श्रीमान् चेतन मानन्धरको हत्या गर्ने योगराज ढकाल (रिगल) लाई सरकारले दिएको कैद मिनाहाविरुद्ध अनशन शुरु गर्नुभएकी भारती मानन्धर अस्पताल भर्ना हुनुभएकाे छ । उहाँकाे अहिले वीर अस्पतालमा उपचार भइरहेको छ ।
भारती आज बुधवार सर्वोच्च अदालत परिसरमा बेहाेस भएर ढलेपछि उहाँलाई उपचारका लागि वीर अस्पताल लगिएको हाे । आममाफीविरुद्ध उहाँले दायर गर्नुभएको रिटको सर्वोच्चमा आज पहिलो पेसी थियो । तारिख लिएर फर्किने क्रममा उहाँ बेहाेस हुनुभएकाे हाे ।
न्यायका लागि नेपालगञ्जबाट काठमाण्डाै आएकी भारतीले माइतीघरमा आजदेखि रिले अनशन शुरु गर्नुभएकाे छ । अनशन शुरु गर्ने क्रममा उहाँले न्याय नपाएसम्म सङ्घर्ष कायम राख्ने बताउनुभएको थियो ।
रिगलविरुद्ध २०७२ असार २८ गते नेपालगञ्जको धम्बोजी चोकमा चेतनमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग थियो । उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । तर संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले कैद मिनाहा गरेपछि रिगल छुटेका थिए । उज्यालो
October 4, 2023 6:04 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो