धादिङ भूकम्प अपडेट : २० वटा घरमा क्षति, ७५ वटा घर चर्किए
2 years अगाडी
manoj Thapa
धादिङ – आज बिहान गएको भूकम्पका कारण धादिङको ज्वालामुखी गाउँपालिका-५, कुमालटारीमा २० वटा घर भत्किएका छन् भने ७५ वटा घर चर्किएका छन् ।
बिहान ७ बजेर ३९ मिनेट जाँदा धादिङको ज्वालामुखी गाउँपालिका–५ खरी दर्बुङघाट केन्द्रबिन्दु भएर ६ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको थियो ।
भूकम्पबाट भएको क्षतिको विवरण आउनेक्रम जारी रहेको ज्वालामुखी गाउँपालिका–५ का पूर्ववडाध्यक्ष कृष्णप्रसाद काप्री बताउनुभयो ।
पटक-पटक चार रेक्टरस्केलभन्दा माथिका भूकम्पका परकम्पहरु गएका कारण मानिसहरु घर बाहिर बसेका स्थानीय राजेश अधिकारीले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले चर्किएका घरहरुको विस्तृत विवरण सङ्कलन भइरहेकाे बताउनु भयाे । उज्यालो
October 22, 2023 5:49 pm | प्रकोप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
Loading...