भूकम्प प्रभावित क्षेत्रमा चिसोको मार : सुत्केरी, बालबालिका र ज्येष्ठ नागरिक थप समस्या झेल्दै
काठमाण्डाै – कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पबाट घरमा क्षति भएपछि सबैभन्दा बढी सुत्केरी, ज्येष्ठ नागरिक तथा बालबालिका समस्यामा परेका छन् ।
कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयका अनुसार भूकम्पपछि सुत्केरी, गर्भवती, ज्येष्ठ नागरिक र पाँच वर्षमुनिका बालबालिका बढी प्रभावित भएका छन् ।
स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रविन खड्काका अनुसार भूकम्पले क्षति गरेका जाजरकोट र रुकुम पश्चिममा चिसो बढेसँगै विशेषगरी गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक र पाँच वर्षमुनिका बालबालिका थप समस्यामा परेका छन् ।
जाजरकोटमा मात्रै एक हजार आठ सय ८३ गर्भवती त्रिपालमा बस्न बाध्य छन् । त्यसैगरी एक हजार ७६ जना सुत्केरी त्रिपालको सहारामा रहेका छन् । एक हजार आठ सय ३२ दीर्घरोगी, आठ सय ५० जना अपाङ्गता भएका व्यक्ति पनि समस्यामा परेका छन् ।
त्रिपालकाे सहारामा बस्नुपर्दा चिसोका कारण उनीहरूलाई विभिन्न खालका स्वास्थ्य समस्या देखापरेको छ । केही भूकम्प पीडितको चिसोका कारण ज्यानसमेत गएको छ । पूर्णरूपमा १५ वटा स्वास्थ्य संस्थामा क्षति पुगेको छ भने आंशिक ५५ वटामा क्षति भएको छ ।
रुकुम पश्चिममा पनि समस्या उस्तै छ । त्यहाँको पनि पूर्ण विवरण लिने काम भइरहेको छ ।
गएको ७ गतेभित्र पालिकाबाट क्षतिको विवरण जिल्ला विपद् व्यवस्थापन समितिलाई पठाउन अनुरोध गरे पनि अझै विवरण आउन सकेको छैन । छरिएर रहेका घर, एक ठाउँबाट अर्को ठाउँमा पुग्न धेरै समय लाग्ने भएकाले तथ्याङ्क सङ्कलन गर्न समय लागेको जनप्रतिनिधिले बताएका छन् ।
पटक–पटक बदलिने कार्यविधिका कारण पनि तथ्याङ्क सङ्कलनमा ढिलाइ भइरहेको उनीहरुको भनाइ छ । अबको एक/दुई दिनभित्र सबै विवरण आउनसक्ने सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जनाएका छन् । उज्यालो
November 28, 2023 10:29 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो