Thursday 11th September 2025

नेपाल मगर सँघ शाखा कुवेतको कार्यवाहक अध्यक्षको जिम्मेवारी जय आले मगरलाई

2 years अगाडी

कुवेत – नेपाल मगर सँघ शाखा कुवेतको कार्यवाहक अध्यक्षको जिम्मेवारी जय आले मगरले पाएका छन ।

नेपाल मगर सँघ शाखा कुवेतको अध्यक्ष बसन्त थापाले कुवेत बसाईलाई बिट मार्दै क्यानडा प्रस्थान हुने भएकाले वरिष्ठ उपाध्यक्ष जय आले मगरले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका हुन।

कुवेतस्थित हिजुअल कबदमा १३ जनवरी २०२३ का दिन सम्पन्न भएको चौंथो अधिवेशनबाट थापा सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका थिए । कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएपछि आले मगरले मगर सँघ कुवेत मात्र नभई सिङ्गो कुवेतको नेपाली समाज र नेपाल मगर सँघ केन्द्रसँग समेत सदा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।

          December 10, 2023 2:57 pm | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...