प्याजको अभावसँगै व्यापारीले आफूखुशी मूल्य तोक्दै
काठमाण्डाै – बजारमा प्याजको अभाव भएसँगै व्यापारीले आफू खुशी मूल्य तोक्न थालेका छन् । अभाव भइरहेकै बेला भारतले गएको शनिवारदेखि निर्यातमा प्रतिबन्ध लगाएपछि प्याजको आयात ठप्प भएको छ । यसले गर्दा बजारमा प्याजको भाउ बढेको छ ।
भारतको प्रतिबन्धको फाइदा उठाउँदै केही व्यापारी र बिचौलियाले प्याजको कृत्रिम अभाव गर्न थालेका छन् । अहिले बजारमा प्याजको मूल्यमा एकरुपता छैन । उपभोक्ताले प्याज किलोमै १ सय ७० रुपैयाँसम्म तिर्ने गरेका छन् । थोक मूल्यमै प्याजको भाउ किलोको १५० रुपैयाँसम्म पुगेको नेपाल कृषि उपज आलु प्याज आयात निर्यात तथा थोक बिक्रेता सङ्घका महासचिव प्रकाश गजुरेलले बताउनुभयो ।
भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि बजारमा अभाव भएको कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिका सूचना अधिकृत विनय श्रेष्ठले बताउनुभयो । नेपालमै उत्पादन हुने अनुकूल वातावरण भए पनि प्याजका लागि भारतकै भर पर्नु पर्ने अवस्था छ ।
भारतले बेलाबेलामा प्रतिबन्ध लगाउँदा माग र आपूर्तिको फाइदा उठाउँदै बिचौलियाले चलखेल गर्ने गरेका छन् । प्याज उत्पादन बढाउन सरकारले ०६४ सालदेखि ०६९ सालसम्म सिरहा, सप्तरी, धनुषा, सर्लाही, बारा, पर्सा र रूपन्देहीमा प्याज मिसन कार्यक्रम सञ्चालन गरेको थियो । तर, प्याज खेतीको क्षेत्रफल र उत्पादन बढ्न सकेको छैन ।
यसैबीच, बजारमा प्याज अभाव भएपछि चीनबाट ल्याउने तयारी भएको छ । केही व्यवसायीले चीनबाट प्याज ल्याउन अर्डर गरिसकेको बताएका छन् । उज्यालो
December 14, 2023 11:50 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो