नेपालकाे पर्यटन पुरानै लयमा फर्किएकाे छ : मन्त्री किराती
काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले देशको पर्यटन क्षेत्र पुरानो लयमा फर्किएको दाबी गर्नुभएको छ ।
प्रचण्ड नेतृत्व सरकारकाे वर्ष दिन पुगेकाे अवसरमा आज मङ्गलवार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री किरातीले आफू मन्त्री भइसकेपछि झन्डै १० लाखको हाराहारीमा विदेशी पर्यटक नेपाल आइसकेका बताउनुभयो । आफू मन्त्री भइसकेपछि एक महिनामा ई टिकेटिङ लागू गरेको र अहिले दुर्गम क्षेत्रहरूमा उडाउन तीन वटा जहाज खरिद प्रक्रियामा अघि बढिरहेको उहाँले बताउनुभयो ।
मन्त्री किरातीले १२ वर्षदेखि बिग्रिएर बसेको नेपाल वायु सेवा निगमकाे एउटा ट्विनअटर जहाजलाई पुनः मर्मत गरी सञ्चालन गर्न लागिएको र योसँगै छ वटा जहाज हुने बताउनुभयो । हवाई उडान हुन नसकेको २२ वटा खाली विमानस्थल सहज ढङ्गले सञ्चालन गर्ने काममा पनि आफू सफल भएको उहाँले जिकिर गर्नुभयाे ।
उहाँले भन्नुभयो, ‘अहिलेसम्म आउँदा हाम्रो देशको पर्यटन पुरानो लयमा फर्किएको छ । झन्डै १० लाखको हाराहारीमा विदेशी पर्यटक आइसकेका छन् । म मन्त्री भएर आएकाे एक महिनामा नेपाल वायु सेवा निगममा ई टिकेटिङ लागू गरेका थियौँ । दुर्गम क्षेत्रहरूमा उडान गर्नका लागि जहाज खरिद प्रक्रियामा अघि बढिरहेका छौँ । १२ वर्षदेखि बिग्रिएर बसेको एउटा ट्विनअटर जहाजलाई पुनः मर्मत गर्दैछाैँ र चाँडै सञ्चालनमा ल्याउनेछौँ ।’
मन्त्री किरातीले पशुपति क्षेत्रमा अहिले निःशुल्क शव दहन गर्नेगरी विद्युतीय मेशिन जडानकाे काम अन्तिम चरणमा पुर्याएकाे बताउनुभयो । लुम्बिनी क्षेत्रको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न अन्तिम विन्दुमा पुग्न आफू सफल भएको उहाँकाे भनाइ छ । उज्यालो
December 27, 2023 11:50 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार