दाङको घोराहीका शिवराजको शव कोइला खानीको सुरुङभित्र फेला : दुई जना पक्राउ
दाङ – दाङको बङ्गलाचुली गाउँपालिकामा एक पुरुषको शव फेला परेकाे छ । घोराही उपमहानगरपालिका वडा नम्बर–६ अघराका शिवराज केसीको हत्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
केसीलाई हत्या गरी शव बङ्गलाचुली गाउँपालिका वडा नम्बर–४ को गदारी र फाँटाको जङ्गलमा रहेको कोइला खानीको सुरुङभित्र लुकाइएको अवस्थामा फेला परेको हो । केसी घोराहीको अघरा टोल विकास संस्थाका अध्यक्ष समेत हुनुहुन्थ्यो ।
गएको पुस ८ गते घरदेखि बङ्गलाचुली जान्छु भनेर हिँडेका उहाँको त्यही दिन नै हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ । केसीको हत्या आरोपमा दुईजना पक्राउ परेका छन् । बङ्गलाचुली गाउँपालिका वडा नम्बर–४ गदारीका शेरबहादुर कुँवर र उनकै श्रीमती दीपालाई भारतको नयाँ दिल्लीमा भारतीय प्रहरीले पक्राउ गरी नेपाल प्रहरीलाई बुझाएको छ ।
कोइला खानीको झण्डै ५० मिटर सुरुङभित्र शव रहेको आरोपितको बयानका आधारमा खोजी गर्दा शव फेला परेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उज्यालो
December 30, 2023 12:38 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो