बेरोजगार युवाहरूबाट १० करोड रुपैयाँभन्दा धेरै ठगी गर्ने व्यक्ति पक्राउ
काठमाण्डाै – वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै युवाहरूबाट १० करोड रुपैयाँभन्दा धेरै रकम ठग्ने ललितपुरका लालबहादुर लामा पक्राउ परेका छन् ।
उनले सुवास वाईबा, राजेश तुम्सीङ् मगर, दावा लामा लगायत युवाहरूलाई लिथुवानिया, क्यानडा, सिङ्गापुरलगायतका देशहरूमा आकर्षक तलबसहित रोजगारीमा लगाइदिने प्रलोभनमा पारि १० करोड रुपैयाँभन्दा धेरै रकम लिएर फरार भएको भन्दै उजुरी परेको थियो । पीडित युवाहरूले वैदेशिक रोजगार विभागमा उजुरी दिएपछि काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले आरोपी ललितपुरको कोन्जोसोम गाउँपालिका– १ का लालबहादुर लामालाई पक्राउ गरेको हो ।
उनले महाराजगञ्जमा सी स्टार ट्रेनिङ सेन्टर खोलेर बेरोजगार युवाहरूबाट पाँच लाखदेखि १५ लाख रुपैयाँसम्म लिएका थिए । कतिपय युवाहरूलाई वैदेशिक रोजगारमा पठाउनै नसकेको र कतिपयलाई सिङ्गापुर पठाएकोमा त्यहाँको विमानस्थलबाटै फर्काएपछि युवाहरूले आफूहरू ठगिएको थाहा पाएका थिए ।
पक्राउ परेका लामाले प्रहरीसँगको बयानमा १० करोड रुपैयाँभन्दा धेरै लिएको स्वीकार गरेकाे र उनको ट्रेनिङ सेन्टरबाट नाै सय ९७ थान राहदानी बरामद भएको पनि अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उज्यालो
January 2, 2024 4:55 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन