बेरोजगार युवाहरूबाट १० करोड रुपैयाँभन्दा धेरै ठगी गर्ने व्यक्ति पक्राउ
काठमाण्डाै – वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै युवाहरूबाट १० करोड रुपैयाँभन्दा धेरै रकम ठग्ने ललितपुरका लालबहादुर लामा पक्राउ परेका छन् ।
उनले सुवास वाईबा, राजेश तुम्सीङ् मगर, दावा लामा लगायत युवाहरूलाई लिथुवानिया, क्यानडा, सिङ्गापुरलगायतका देशहरूमा आकर्षक तलबसहित रोजगारीमा लगाइदिने प्रलोभनमा पारि १० करोड रुपैयाँभन्दा धेरै रकम लिएर फरार भएको भन्दै उजुरी परेको थियो । पीडित युवाहरूले वैदेशिक रोजगार विभागमा उजुरी दिएपछि काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले आरोपी ललितपुरको कोन्जोसोम गाउँपालिका– १ का लालबहादुर लामालाई पक्राउ गरेको हो ।
उनले महाराजगञ्जमा सी स्टार ट्रेनिङ सेन्टर खोलेर बेरोजगार युवाहरूबाट पाँच लाखदेखि १५ लाख रुपैयाँसम्म लिएका थिए । कतिपय युवाहरूलाई वैदेशिक रोजगारमा पठाउनै नसकेको र कतिपयलाई सिङ्गापुर पठाएकोमा त्यहाँको विमानस्थलबाटै फर्काएपछि युवाहरूले आफूहरू ठगिएको थाहा पाएका थिए ।
पक्राउ परेका लामाले प्रहरीसँगको बयानमा १० करोड रुपैयाँभन्दा धेरै लिएको स्वीकार गरेकाे र उनको ट्रेनिङ सेन्टरबाट नाै सय ९७ थान राहदानी बरामद भएको पनि अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उज्यालो
January 2, 2024 4:55 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
चुनावमा भयरहित ढङ्गले मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार प्रतिवद्ध : प्रधानमन्त्री कार्की
कुवेतमा युवा शक्तिको अधिवेशन नोभेम्बर १४ मा हुने
क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने
तमु (गुरुङ) समाज कुवेतले जनवरी २ मा ल्होछार सांस्कृतिक कार्यक्रम गर्ने
टी–२० वरीयतामा नेपाल एक स्थान माथि उक्लियो
नेपाल कुवेत सरोकार समाजको पाँचौं अधिवेशन अक्टूबर ३१ गते हुने
लिपुलेक कालापानी ब्यास गाउपालिका ४मा जिल्लाकै सर्वाधिक धनराशी भएको भलिबल खेल सञ्चालन हुने
झापाली समाज कुवेतद्वारा बाढीपीडितहरूलाई एक लाख ७१ हजार रुपैयाँ बराबरको आर्थिक र सामग्री सहयोग