भारतको अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा आज
भारतको अयोध्यामा रहेको राम मन्दिरको प्राण प्रतिष्ठा आज हुँदैछ । स्थानीय समयअनुसार दिउँसो १२ बजेर २० मिनेटको साइतमा राम मन्दिरको प्राण प्रतिष्ठा हुने बीबीसी हिन्दीले जनाएको छ । यो प्राण प्रतिष्ठा नेपाली पुजारी दुर्गाप्रसाद गौतमले गराउँदै हुनुहुन्छ ।
रामललाको जीवन अभिषेक समारोहलाई भव्य बनाउन सबै तहमा तयारी भएको खबरमा उल्लेख छ । कार्यक्रमका लागि गर्भगृहदेखि राम मन्दिरसम्म पूरै फूल र बत्तीले सजाइएको छ । मन्दिर वरपरका पर्खालहरू मूर्तिहरूले सजाइएका छन् ।
राम मन्दिरको उद्घाटन र रामललाको नयाँ मूर्तिको अभिषेकका लागि अयोध्यालाई २५ सय क्विन्टल फूलले सजाइएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी हुने प्राणप्रतिष्ठा कार्यक्रमलाई लिएर रामनगरीको सुरक्षा व्यवस्था समेत कडा पारिएको छ ।
कार्यक्रममा ठूला नेता, उद्योगपति, अभिनेता, कुटनीतिज्ञ, न्यायाधीशलगायत सात हजार जना नागरिक कार्यक्रममा सहभागी हुँदैछन् । उज्यालो
January 22, 2024 5:04 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो