Saturday 27th April 2024

विश्वकर्मा एकता समाज कुवेतले मुटुरोगी बालकलाई ४४ हजार बढी आर्थिक सहयोग

2 months अगाडी

विश्वकर्मा एकता समाज नेपाल कुवेतले मुटुरोगी नाबालकलाई ४४ हजार बढी आर्थिक सहयोग गरेको छ ।

बाग्लुङ नगरपालिका-११ रायडाडा (सिकादिप) का सुजन विश्वकर्माको एक वर्षीय छोरा सहिम विश्वकर्माको उपचारका लागि ४४ हजार २ सय रुपैयाँ आर्थिक सहयोग गरिएको अध्यक्ष गम सुनारले जानकारी दिएका छन ।

नाबालक सहिमको मुटु सम्बन्धी समस्या भएको हुदा घरको आर्थिक अवस्था पनि निकै नाजुक रहेकाले विश्वकर्मा एकता समाज कुवेतको पहलमा आर्थिक सहयोग संकलन गरिएको हो । नाबालक सहिमको उपचारका लागि कुवेतमा रहेका विभिन्न सस्था तथा व्यक्ति बाट आर्थिक संकलन गरि हस्तान्तरण गरिएको हो ।

विश्वकर्मा एकता समाज कुवेत बाट ५२ कुवेती दिनार ( रु. २२,३६८), नेपाल कुवेत सास्कृतिक मन्च बाट ३१ कुवेती दिनार ( रु. १३,३३५) , रमेश नेपाली बाट ११ कुवेती दिनार ( रु. ४,७३१) , दुर्लब शर्मा बाट ५ कुवेती दिनार ( रु. २१५० ) र दिल श्रीपाली बाट ५ कुवेती दिनार ( रु. २१५० ) सहयोग प्राप्त भएको हो ।

          March 6, 2024 1:05 am | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...