महासंघले गर्यो समिक्षा बैठक सचिवमा आङ्काजी
जे.एन. थारु/ कुवेत, ९ जुलाई नेपाल पत्रकार महासंघ बैदेशिक शाखा कुवेतको रिक्त रहेको सचिव पदमा आङकाजी शेर्पा (आकाश) नियुक्त भएका छन् । कुवेतको फर्वानियस्थित एभरेस्ट नेपाली रेस्टुरेन्टमा आज सम्पन्न महासंघको पूर्ण बैठकले शेर्पालाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । महासंघको निवर्तमान सचिव हरी बानियाँले राजिनामा दिएपछि रिक्त रहेको सो पदमा शेर्पालाई नियुक्त गरिएको हो ।
सम्पन्न बैठकले शेर्पालाई तत्कालै कार्यभार सुम्पिएको छ । सचिवमा शेर्पाको नियुक्तिले पत्रकार महासंघ कुवेत शाखाको कार्य-सम्पादनमा थप गति मिल्ने अपेक्षा गरिएको छ । उनको नियुक्तिसँगै कुवेतमा रहेका नेपाली पत्रकारहरूको संस्थागत प्रतिनिधित्व र गतिविधि थप सशक्त हुने विश्वास गरिएको छ । शेर्पा कुवेतबाट संचालित परदेशी खबर डटकमको सम्पादक हुन् । शेर्पाको नियुक्तिले कुवेतमा बस्ने नेपाली पत्रकारहरूको संगठनलाई थप क्रियाशील बनाउने र स्थानीय नेपाली समुदायको आवाजलाई थप बुलन्द गर्ने अपेक्षा गरिएको छ ।
यससंगै बैठकले गत अगस्ट २ तारिक सम्पन्न शाखाको १५ औं स्थापना दिवस तथा बिदेश विमर्श कार्यक्रमको समिक्षा गर्दै कार्यक्रममा उपस्थित अतिथि, प्रायोजक, सहयोगी संस्था लगायतलाई धन्यवाद दिएको छ । महासंघको स्थापना दिवसमा प्रमुख अतिथिका रुपमा उपस्थित नेपाली दूतावासका राजदूत घनश्याम लम्साल, अतिथिहरु, मूख्य प्रायोजक अल मुजैनी एक्सचेन्ज, मिडिया पार्टनर, वक्ता, सहजकर्ता लगायत सो कार्यक्रममा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सबैलाई धन्यवाद दिने प्रस्ताव पारित गरिएको अध्यक्ष राज मल्ल ठकुरीले बताए ।
August 10, 2024 8:40 am | समाचार,सुचना
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत