रवि लामिछानेमाथिको अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिललाई बुझायो
काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्व उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेविरुद्धको अनुसन्धान सकेर रायसहितको प्रतिवेदन कास्की प्रहरीले सरकारी वकिललाई बुझाएको छ ।
लामिछानेमाथि सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा अनुसन्धान गरी प्रहरीले आज जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको हो । लामिछानेमाथि अनुसन्धान गरी तयार पारिएको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाइएको कास्की प्रहरीका अनुसन्धान अधिकृत एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्त शर्माले जानकारी दिनुभयो ।
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन गरेको अभियोगमा लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्वडीआईजी छविलाल जोशी, लीला पछाईं, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङ प्रहरी हिरासतमा छन् ।
प्रहरीले लामिछानेलाई गएको कात्तिक २ गते काठमाण्डौबाट पक्राउ गरेको थियो । लामिछानेलाई अनुसन्धानका लागि पछिल्लो पटक थपिएको म्याद आज सकिँदैछ । भोलि मङ्गलवार प्रहरीले पुनः म्याद थपका लागि अदालतमा पेश गर्ने तयारी छ ।
पोखराको सूर्यदर्शन, काठमाण्डौको स्वर्णलक्ष्मी, चितवनको सहारा र वीरगञ्जको सानो पाइला सहकारीमा बचतकर्ताको रकम अनियमिततामा प्रहरीले लामिछानेसँग सोधपुछ गरिसकेको छ । उज्यालो
December 16, 2024 2:59 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार