

कुवेतमा रहेको संखुवासभा समाजद्वारा तीन विद्यालयलाई शैक्षिक सहयोग ,

संखुवासभा समाज कुवेतले जिल्लाका तीन विद्यालयहरूलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरेको छ। समाजका अध्यक्ष विजय लामाको नेतृत्वमा गरिएको यो सहयोग कार्यक्रम अन्तर्गत करिब १ लाख २७ हजार रुपैयाँ बराबरको सामग्री वितरण गरिएको छ।
पाँचखपन नगरपालिका-९ स्थित श्री कालिका माध्यमिक विद्यालयलाई पौष १७ गते ३० हजार रुपैयाँ बराबरको नृत्य पोशाक प्रदान गरिएको छ। त्यस्तै, माघ २५ गते श्री शारदा माध्यमिक विद्यालय त्रिशुलीका फुटबल खेलाडीहरूका लागि १६ हजार रुपैयाँ बराबरको खेल जर्सी वितरण गरिएको छ।
श्री पञ्चकन्या आधारभूत विद्यालय खाम्लिङलाई माघ २८ गते ४८ थान विद्यार्थी कुर्सी, २ थान टेबल र प्रधानाध्यापकका लागि एक थान कुर्सी गरी ८१ हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री प्रदान गरिएको समाजका अध्यक्ष लामाले बताए।
“यो सहयोगले विद्यालयहरूको शैक्षिक र अतिरिक्त क्रियाकलापमा सकारात्मक प्रभाव पार्ने विश्वास लिएका छौं,” अध्यक्ष लामाले भने। उनका अनुसार समाजले आगामी दिनहरूमा पनि यस्ता सहयोग कार्यक्रमहरू जारी राख्ने योजना बनाएको छ।
January 13, 2025 3:51 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

