साढे पाँच सय वर्ष पुराना तीन थान चित्रकला अमेरिकाबाट फिर्ता ल्याइयो
काठमाण्डाै – काठमाण्डाै महानगरपालिका वडा नम्बर २४ मा रहेको केशचन्द्र महाविहार, इतुंबहालका झन्डै साढे पाँच सय वर्ष पुराना तीन थान पौभाः अर्थात् चित्रकला अमेरिकाबाट नेपाल फिर्ता ल्याइएको छ ।
अमेरिका पुगेका तीन थान पौभाः र अरू १७ थान मूर्ति नेवाः गुथि न्यूयोर्कको पहलमा आइतवार नेपाल ल्याइएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा केशचन्द्र महाविहार संरक्षण समाजका अध्यक्ष प्रज्ञारत्न शाक्यले गुँला पर्वका बेला १५ दिनसम्म सार्वजनिक प्रदर्शनीमा राखिने ती पौभाःहरू २०३७ साल भदौ २९ गते महाविहार परिसरबाटै हराएको जानकारी दिनुभयो ।
नेपालका तर्फबाट पत्राचार गरिएपछि अमेरिकाको एफबीआईले शुरूमा चासो राखेको भए पनि फिर्ता प्रक्रियाले गति नलिएपछि न्यूयोर्कको डिस्ट्रिक एटर्नीबाट प्रक्रिया अघि बढाउने काम भएको र यस अभियानलाई नेवाः गुथि, न्यूयोर्क, लस्ट आर्ट अफ नेपाल र नेपाल हेरिटेज रिकभरी क्याम्पेन जस्ता संस्थाले समेत सघाएका थिए ।
अमेरिकाबाट नेपाल फर्काइएका ती पौभाःमा ‘चिन्तामणि लोकेश्वर’, ‘केशचन्द्र आजुको भैरव दर्शन’ र ‘गगनसिं तथा उहाँका दुई श्रीमती’ चित्रित छन् । उज्यालो
March 12, 2025 9:04 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राउटे समुदायका युवायुवती प्राथमिक उपचारसम्बन्धी तालिममा सहभागी
ग्रिनल्याण्डलाई लिएर अमेरिका र युरोपबीच तनाव
निरम प्रोड्क्सन कुवेतको निरम सांगितिक उत्सवका लागी नेपालबाट आमन्त्रित गायक राजु लामा भोली बुधवार कुवेत आइपुग्ने
चुनाव निश्चित, दिल्ली दौडको अन्तर्य अनिश्चित
उदयपुर मिलिजुली समाज कुवेतद्वारा रक्तदान कार्यक्रम गर्दै :
भेनेजुएलाका राष्ट्रपति मदुरो अमेरिकी सेनाको नियन्त्रणमा रहेको तस्बिर ट्रम्पद्वारा सार्वजनिक
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने