साढे पाँच सय वर्ष पुराना तीन थान चित्रकला अमेरिकाबाट फिर्ता ल्याइयो
काठमाण्डाै – काठमाण्डाै महानगरपालिका वडा नम्बर २४ मा रहेको केशचन्द्र महाविहार, इतुंबहालका झन्डै साढे पाँच सय वर्ष पुराना तीन थान पौभाः अर्थात् चित्रकला अमेरिकाबाट नेपाल फिर्ता ल्याइएको छ ।
अमेरिका पुगेका तीन थान पौभाः र अरू १७ थान मूर्ति नेवाः गुथि न्यूयोर्कको पहलमा आइतवार नेपाल ल्याइएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा केशचन्द्र महाविहार संरक्षण समाजका अध्यक्ष प्रज्ञारत्न शाक्यले गुँला पर्वका बेला १५ दिनसम्म सार्वजनिक प्रदर्शनीमा राखिने ती पौभाःहरू २०३७ साल भदौ २९ गते महाविहार परिसरबाटै हराएको जानकारी दिनुभयो ।
नेपालका तर्फबाट पत्राचार गरिएपछि अमेरिकाको एफबीआईले शुरूमा चासो राखेको भए पनि फिर्ता प्रक्रियाले गति नलिएपछि न्यूयोर्कको डिस्ट्रिक एटर्नीबाट प्रक्रिया अघि बढाउने काम भएको र यस अभियानलाई नेवाः गुथि, न्यूयोर्क, लस्ट आर्ट अफ नेपाल र नेपाल हेरिटेज रिकभरी क्याम्पेन जस्ता संस्थाले समेत सघाएका थिए ।
अमेरिकाबाट नेपाल फर्काइएका ती पौभाःमा ‘चिन्तामणि लोकेश्वर’, ‘केशचन्द्र आजुको भैरव दर्शन’ र ‘गगनसिं तथा उहाँका दुई श्रीमती’ चित्रित छन् । उज्यालो
March 12, 2025 9:04 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो