

२५ कराेड लिएर ‘सुन्न किन्न’ केरुङ जाँदै थिए कुसाङ

काठमाण्डाै – काठमाण्डाैको टोखा नगरपालिकामा रहेको झोर क्षेत्रबाट २५ करोड १९ लाख रुपैयाँ बराबरको युरो र अमेरिकी डलरसहित एक जना पक्राउ परेका छन् ।
गएराति ना ७ ख १६५२ नम्बरको ट्रकमा विदेशी मुद्रा लुकाएर लाँदै गरेको अवस्थामा प्रहरीले सिन्धुपाल्चोककाे भाेटेकाेशी गाउँपालिका–१ का ४३ वर्षीय कुसाङ लामालाई पक्राउ गरेको हो । उनी रसुवाको केरुङतर्फ जाँदै गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी आज पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ ।
लामाले चालक सिट पछाडि फल्स बटम बनाएर रकम राखेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार उनी यसअघि ७ किलो सुनसहित कलङ्कीबाट समातिएर २०७८ सालमा छुटेका थिए । प्रहरीका अनुसार त्यस बेला पक्राउ परेका चार जनामध्ये उनी भरियाका रूपमा जोडिएको अनुसन्धानबाट देखिए पनि त्यो सुनको मालिक को थियो भन्ने खुलेको थिएन ।
यस पटक पनि सुन किन्नकै लागि रकम पठाउन लागिएको प्रारम्भिक सूचना मिले पनि त्यतिका धेरै रकम कसरी जम्मा गरियो भन्ने प्रश्नको उत्तर नमिलेको प्रहरीका अनुसन्धान अधिकारीले बताएका छन् । यतिका धेरै युरो र डलर नेपाली बजारबाटै सङ्कलन गरेर जम्मा गरिएको हो कि भारतबाट पनि ल्याइएको हो भन्ने कोणबाट अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
रकम भेटिएको ट्रक झन्डै २० दिनसम्म स्वयम्भूतिरको ग्यारेजमा राखिएको र त्यहीँ फल्स बटम बनाएर रङ्गरोगन गरिएको सूचना प्राप्त गरेको पनि प्रहरीले जनाएको छ । लामाले भने प्रहरीसँगको प्रारम्भिक बयानमा आफूले थानकोटमा ट्रक लिएको र व्यापारीहरूले भनेअनुसार कपडा लिन रसुवागढी जान लागेको बताएका छन् ।
बरामद भएकाे ट्रक लामाकाे आमाकाे नाममा देखिए पनि भाइले आफूलाई चलाउन किनिदिएकाे उनले बताएका छन् । उज्यालो
March 19, 2025 1:50 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

