

एनआरएनए एनसीसी कुवेतद्वारा भ्रामक प्रचारबाजीप्रति खण्डन

कुवेत, २५ मार्च २०२५
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए-एनसीसी) कुवेतले हालै सामाजिक सञ्जालमा भइरहेको भ्रामक प्रचारबाजीप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ।
संस्थाले एक प्रेस विज्ञप्ति जारी गर्दै केही व्यक्तिहरूले सामाजिक सञ्जालको दुरुपयोग गर्दै आफूलाई एनआरएनए-एनसीसी कुवेतको पदाधिकारी भएको झुटो दाबी गरिरहेको जानकारी गराएको छ। उक्त विषयमा स्पष्ट पार्दै एनआरएनए-एनसीसी कुवेतले २९ जुलाई २०२३ मा कुवेत सिटीस्थित INN AND GO Plaza Hotel मा सम्पन्न अधिवेशनबाट रण ध्वज लामा नेतृत्वको कार्यसमिति विधिवत रूपमा चयन भइसकेको जनाएको छ।
विज्ञप्तिमा संस्थाले एनआरएनए-एनसीसी कुवेतसँग सम्बन्धित कुनै पनि भ्रम नफैलाउन अनुरोध गरेको छ। साथै, संघ संस्थाका नाममा गलत सूचनाहरू फैल्याएर समाजलाई झुक्याउने कार्य नगर्न सबैलाई सचेत गराइएको छ।
एनआरएनए-एनसीसी कुवेतले सामाजिक सञ्जालमा संघको नाम दुरुपयोग गरी फेसबुक पेज सञ्चालन गर्ने तथा अनधिकृत समूहहरूद्वारा गलत सूचना फैल्याउने कार्यको घोर भर्त्सना गर्दै त्यस्ता गतिविधि तत्काल बन्द गर्न चेतावनी दिएको छ। साथै, नेपाली समुदायलाई मेलमिलाप, भाइचाराको सम्बन्ध मजबुत बनाउन आग्रह गर्दै कुनै पनि भ्रामक सूचनाको पछि नलाग्न अनुरोध गरिएको छ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

