

थरीथरीका आन्दोलनले काठमाण्डौको जनजीवन प्रभावित, मुख्य सडकमार्गमै हप्तौंदेखि अवरोध

काठमाण्डाै – शिक्षकहरूको आन्दोलनका कारण आज दिउँसो माइतीघर–नयाँ बानेश्वर सडक ठप्प भयो । सडकका सबै लेन ढाक्ने गरी भएको प्रदर्शनका कारण आवागमन ठप्प भएको हो । यसको असरले आसपासको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बन्न पुग्यो । मानिसहरूले घण्टौंसम्म सडकमा रोकिनुपरेकाे भन्दै आक्रोश व्यक्त गरिरहेका थिए ।
काठमाण्डौमा यो अवस्था आज मात्र हैन । काठमाण्डाैले झन्डै एक महिनादेखि यस्तै अवस्था भोगिरहनुपरेको छ । कहिले राजावादीहरूको प्रदर्शन, कहिले वित्तीय संस्था पीडितहरूको प्रदर्शन, कहिले शिक्षकहरूको प्रदर्शन त कहिले कुलमान घिसिङलाई हटाएको विरोधमा प्रदर्शन । कुनै दिन त १० वटाभन्दा धेरै प्रदर्शन भएका प्रहरीको तथ्याङ्क छ ।
अहिले शिक्षकहरू ९ दिनदेखि सडकमा प्रदर्शन गरिरहेका छन् । राजावादीहरूले पटक पटक प्रदर्शन गर्ने गरेकामा तीनकुने घटनामा पार्टीका नेताहरूलाई पक्राउ गरेको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नियमित प्रदर्शन गरिरहेको छ । राजावादीहरूको छुटै आन्दोलन पनि छ । सङ्घीयता खारेजीको मागसहित राष्ट्रिय जनमोर्चाले पनि सडकमा प्रदर्शन गरिरहेको छ ।
राजावादीहरूको प्रतिकारमा कम्युनिस्टहरूले छुट्टै प्रदर्शन गरेका छन् । सत्तारूढ नेकपा एमालेले समेत राजावादीको प्रतिकारमा प्रदर्शन गरेको छ । सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि सरकार विरोधी आन्दोलन सशक्त बनाउने चेतावनी दिएको छ ।
कवाड व्यवसायीदेखि चिकित्सक र संरक्षण अभियानकर्मीहरूसमेत गरी धेरै वटा समूह आन्दोलनमा भएकाले प्रशासनलाई प्रदर्शन क्षेत्र निर्धारण र सुरक्षा व्यवस्थामै सकस परिरहेको छ ।
सङ्घीय राजधानी काठमाण्डौ आन्दोलनमय भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली भने सरकारलाई बाध्य बनाउन आन्दोलन आवश्यक नरहेको बताउनुहुन्छ । नेपाल उद्योग वाणिज्य, महासङ्घको ५५औं वार्षिक साधारणसभा एवम् उद्योग वाणिज्य दिवस–२०८१ को उद्घाटन सत्रमा बोल्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकार स्थायित्व र सुशासनको पक्षमा रहेकोले आन्दोलन आवश्यक नरहेको बताउनुभयो ।
तर प्रधानमन्त्री ओलीकै पार्टी एमालेदेखि, राजावादी र विभिन्न सङ्घ–संस्थाले आन्दोलन गर्दा काठमाण्डौ उपत्यकाको जनजीवन र व्यापार व्यवसायमा समस्या बढाउँदै लगेको पाइन्छ उज्यालो
April 10, 2025 7:44 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

