किराती समुदायको महान चाडको अवसरमा मङ्गाफमा भव्य सांस्कृतिक कार्यक्रम आयोजना हुने
कुवेत/“भाषा, धर्म, सरकार, संस्कृतिको संरक्षण, किरातीहरूको साझा अभियान” भन्ने मूल नारासहित किराती समुदायको महान चाड यक्वा तङनाम, साकेला उभौली, तथा सालिवा श्याँदर पिदारको अवसरमा कुवेतको मङ्गाफस्थित DLIGHTS HALL मा एक भव्य सांस्कृतिक कार्यक्रम २०२५ आयोजना हुने भएको छ।
२०८१ साल बैशाख १९ गते, शनिबार दिउँसो १ बजे सुरु हुने उक्त कार्यक्रममा नेपालबाट आमन्त्रित लोकप्रिय गायक महेश कुमार सुनुवारको विशेष प्रस्तुति रहनेछ। साथै, शुभकामना आदान–प्रदान, किराती परम्परागत नृत्य, भेषभूषा प्रदर्शन, तथा विविध सांस्कृतिक प्रस्तुति समावेश गरिने कार्यक्रम आयोजकहरूले जनाएका छन्।
उक्त कार्यक्रम किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा, र सुनुवार सेवा समाज, कुवेतको संयुक्त आयोजनामा सम्पन्न हुँदैछ।
कार्यक्रमको उद्देश्य किराती भाषाहरू, धर्म, परम्परा, र संस्कृतिको संरक्षण तथा प्रचार–प्रसार गर्नु रहेको छ। कुवेतमा रहेका सम्पूर्ण किराती तथा गैर–किराती नेपाली समुदायका दाजुभाइ–दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भई आफ्नो मौलिक संस्कृतिको संरक्षणमा सहकार्य गर्न आयोजक समितिले हार्दिक निमन्त्रणा गरेको छ।
May 1, 2025 11:33 pm | लोकप्रिय
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निरेम अपडेटको प्रधान सम्पादकमा पत्रकार दिपेन्द्र निरौला
महादेव युवा समाज डोकट्को आयोजनामा सुदूरपश्चिमेलीको महान चाड गौरा पर्वको उपलक्ष्यमा वडा स्तरीय महीला तथा पुरुष भलीवल प्रतियोगिता हुने।
बाढीपीडितका लागि एनआरएनए एनसीसी कुवेतको नेतृत्वमा राहत सहयोग समिति गठन
कुवेतमा तीज विशेष कार्यक्रम गर्दै निरेम
कुवेतमा घरेलु कामदारका रूपमा कार्यरत पूजा तामाङ विगत ६ महिनादेखि सम्पर्क विहीन
निरेम सांगीतिक उत्सव–२०२७ को तयारी सुरु
तमू समाज कुवेतले जनवरी १ मा ल्होछार मनाउने, उक्त दिन कार्यक्रम नजुधाउन आग्रह
नेपाल पत्रकार महासंघ कुवेतको १७औं स्थापना दिवसमा रक्तदान कार्यक्रम भव्यताका साथ सम्पन्न, राजदूत लम्सालद्वारा रक्तदान