जीप भासिएको ठाउँमा भूगर्भविद्को टोलीले अध्ययन राेक्याे
2 years अगाडी
manoj Thapa
काठमाण्डाै – मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको गौरीगाउँमा जीप भासिएको ठाउँबारे अध्ययन गर्न गएको भूगर्भविद्को टोलीले काम रोकेको छ ।
खानी तथा भूगर्भ विभागका भूगर्भविद्को टोलीले हिजोदेखि स्थलगत अध्ययन शुरू गरेकोमा आज दिउँसो गाडी दबिएको ठाउँ वरपरका जमिन पनि भासिन थालेको भन्दै अध्ययन स्थगित गरेका हेटौँडा उपमहानगरपालिकाले जनाएको छ ।
तीन दिनसम्म प्रहरी र स्थानीयवासीले खोजी गर्दा जीप नभेटेपछि हेटौँडा उपमहानगरपालिकाले भूगर्भविद्लाई बोलाएको थियो । जीप भासिएको ठाउँमा निकै ठूलो दलदल बनेको र वरपरसमेत भासिँदै तल खस्न थालेको भूगर्भविद्को भनाइ छ ।
टोलीले जीप दबिएको भनिएको ठाउँमा धातुजन्य वस्तु छ भन्ने यकिन गरेका छन् । उनीहरूले गाडी बेपत्ता भएको ठाउँमा धातु पत्ता लगाउने उपकरण जमिनभित्र पठाएर अध्ययन गरेका हुन् । उज्यालो
May 7, 2025 10:53 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पूर्वेली टाइगर गोल्डकप सफल बनाउन झापाली समाज कुवेतको आर्थिक सहयोग
कुवेतमा बलिहाङ तङनाम तथा महागुरु फाल्गुनन्दको १४२औँ जन्मजयन्ती संयुक्त रूपमा मनाइँदै ।
नोभेम्बर १२ मा एनआरएनए कुवेतको देउसी–भैलो, दक्षिणा बाढीपीडितलाई सहयोग गरिने
झिमरुक खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले सावधानी अपनाउनुहोस्
निरेम अपडेटको प्रधान सम्पादकमा पत्रकार दिपेन्द्र निरौला
महादेव युवा समाज डोकट्को आयोजनामा सुदूरपश्चिमेलीको महान चाड गौरा पर्वको उपलक्ष्यमा वडा स्तरीय महीला तथा पुरुष भलीवल प्रतियोगिता हुने।
बाढीपीडितका लागि एनआरएनए एनसीसी कुवेतको नेतृत्वमा राहत सहयोग समिति गठन
कुवेतमा तीज विशेष कार्यक्रम गर्दै निरेम
Loading...