हावाहुरीले रुख ढल्दा च्यापिएर सुनवलमा २ जनाकाे ज्यान गयाे
10 months अगाडी
manoj Thapa
काठमाण्डाै – पश्चिम नवलपरासीको सुनवल नगरपालिका–७ चारपालाको भित्री सडक खण्डमा हवाहुरीले रुढ ढल्दा च्यापिएर दुई जनाको ज्यान गएको छ ।
हावाहुरी छल्न सडक छेउको प्रतीक्षालयमा बसेको समयमा बर्रोको रुख प्रतीक्षालयमाथि ढल्दा अन्य तीन जना घाइते भएका जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।
रुखले च्यापिएर ज्यान गुमाउनेहरूमा सुनवल–७ चारपाला बस्ने ३० वर्षीया मीरा बयम्बु र ४० वर्षीय दुर्गाबहादुर पुन रहेका छन् । यस्तै घटनामा चारपालाकै ४० वर्षीया नरमति परियार, ५० वर्षीया दुर्गेश्वरा खाम्चा मगर र २२ वर्षीय अनिल थापा घाइते भएका छन् ।
घाइतेहरूको देवदह मेडिकल कलेज भलुहीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरदत्त पन्तले जानकारी दिनुभयो ।
अहिले काठमाण्डाै उपत्यकासहित देशका विभिन्न ठाउँमा हावाहुरी चलिरहेकाे छ । उज्यालो
May 16, 2025 8:11 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
Loading...