अन्तर्राष्ट्रिय झापाली समाजको पाँचौ अधिवेशन झापाको बिर्तामोडमा हुने भएको छ ।
मे ३१ तारिखमा बसेको अन्तर्राष्ट्रिय झापाली समाजको कार्य समितिको सत्रौं पूर्ण बैठकले आगामी असोज २३ र २४ गते (अक्टोबर ९ र १० तारिख) का दिन पाँचौ अधिवेशन झापाको बिर्तामोडमा सम्पन्न गर्ने निर्णय गरेको संस्थाका अध्यक्ष मुकुन्द ढुंगाना र महासचिव नविन पोखरेलले विज्ञप्ति जारी गरी जानकारी दिएका छन् ।
असोज २३ गते बन्द सत्र र २४ गते अधिवेशन सम्पन्न गर्ने निर्णय भएको जनाइएको छ । बैठकले अधिवेशन तयारीका लागि आवश्यक विभिन्न समिति समेत गठन गरेको छ । अधिवेशनले सन् २०२५–२०२७ सम्मको कार्यकालका लागि नयाँ कार्य समिति चयन गर्ने छ ।
सन् २०१७ मा स्थापित अन्तराष्ट्रिय झापाली समाजले विभिन्न समाजिक कार्यहरु बाहेक हालसम्म चार वटा क्षेत्रीय सम्मेलन तथा चार वटा अधिवेशन सम्पन्न गरेको छ । आगामी अधिवेशनका लागि सम्पूर्ण राष्ट्रिय समितिहरु साथै विश्वभर रहेका सम्पूर्ण झापाली महानुभावहरुलाई प्रत्यक्ष सहभागिताका लागि आग्रह समेत गरिएको छ ।
विश्वभरि छरिएर रहेका झापालीहरुको साझा छाता संस्था अन्तर्राष्ट्रिय झापाली समाजले विश्वभरि रहेका झापालीलाई एकीकृत गर्दै आपसी भाइचारा बढाउँदै विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।
June 3, 2025 11:49 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राउटे समुदायका युवायुवती प्राथमिक उपचारसम्बन्धी तालिममा सहभागी
ग्रिनल्याण्डलाई लिएर अमेरिका र युरोपबीच तनाव
निरम प्रोड्क्सन कुवेतको निरम सांगितिक उत्सवका लागी नेपालबाट आमन्त्रित गायक राजु लामा भोली बुधवार कुवेत आइपुग्ने
चुनाव निश्चित, दिल्ली दौडको अन्तर्य अनिश्चित
उदयपुर मिलिजुली समाज कुवेतद्वारा रक्तदान कार्यक्रम गर्दै :
भेनेजुएलाका राष्ट्रपति मदुरो अमेरिकी सेनाको नियन्त्रणमा रहेको तस्बिर ट्रम्पद्वारा सार्वजनिक
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने