माधव शाही स्मृति परोपकारी पत्रकारिता पुरस्कारबाट पत्रकार शुरेस गुरुङ सम्मानित
नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको १६ औं स्थापना दिवस समारोह सम्पन्न भयको छ्। मिति- २०२५-६-२७ तारिक नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले आफ्नो १६औं स्थापना दिवस भव्य रूपमा मनायो। यस अवसरमा श्रमिक सचेतना कार्यक्रम राखीयको थियो।
उक्त कार्यक्रममा विशिष्ट अतिथिका रूपमा:
• श्री अमीश कार्की, अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) कुवेतका देशीय संयोजक
• श्री रणधोज लामा, एनआरएनए राष्ट्रिय परिषद् अध्यक्ष
• नेपाल दूतावास परिवार,
• कुवेतस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरू उपस्थिति रहेको थियो

कार्यक्रममा श्रमिक अधिकार, अन्तर्राष्ट्रिय श्रम संगठनको कार्यक्षेत्र, कुवेतको श्रम कानुन र प्रवासी नेपालीहरूको वर्तमान अवस्था विषयमा गहन छलफल गरिएको थियो। ILO संयोजक श्री अमीश कार्कीले प्रस्तुत गरेको श्रमिक सचेतना सम्बन्धी प्रस्तुति विशेष आकर्षणको विषय बनेको थियो।

स्वर्गीय माधव शाही स्मृति पत्रकारिता पुरस्कार वितरण आयोजना गरियो। स्वर्गीय माधव शाही स्मृति पत्रकारिता पुरस्कार श्री शुरेस गुरुङ ज्यूलाई लाई प्रदान गरियो। हरेक बर्ष स्थापना दिवसको अवसरमा सो पुरस्करलाई कुवेत सक्रिय परोपकारी पत्रकारिता गर्ने एक जना सम्मानित हुने गरेको छ । संरक्षक जय आले मगरको संयोजकत्वमा ३ सदस्यीय छनौट समिति बनाई छनौट गरिएको थियो । जय आले मगरको संयोजकत्वमा सल्लाहकार आनन्द आचार्य र अध्यक्ष एकराज मल्ल सदस्य रहेका थिए ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप