Tuesday 8th July 2025

बाढीले नेपाल–चीन जोड्ने मितेरी पुलसँगै गाडी बगायो, त्रिशूली नदीमा बाढीको जोखिम

8 hours अगाडी

काठमाण्डौ – छिमेकी चीनतर्फ अविरल वर्षाका कारण भोटेकोशी नदीमा आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले गएरातिको बाढीले पुल बगाएको उज्यालोलाई जानकारी दिनुभयो । बिहान ३ बजेतिर आएको बाढीले पुल बगाएसँगै रसुवा हुँदै चीनसम्म सडकमार्गको सम्पर्क बिच्छेद भएको छ ।

यस्तै भन्सारमा राखिएका गाडी पनि बगाएको र तर कति बगायो भन्ने तथ्याँक आउन आउन बाँकी रहेको उहाँको भनाइ छ । अहिलेसम्म मानवीय क्षतिको जानकारी नआएको, तर मानिस फसेको हुन सक्ने उहाँले बताउनुभयो ।

नदीमा पानीको बहाब अझै उच्च गएकोले सतर्क रहन तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ । यस्तै त्रिशूली नदीमा पनि बाढीको जोखिम रहेकाले नदी किनारमा बस्नेलाई सावधानी अपनाउन भनिएको छ । उज्यालो

          July 8, 2025 8:40 am | प्रकोप


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...