बाढीले नेपाल–चीन जोड्ने मितेरी पुलसँगै गाडी बगायो, त्रिशूली नदीमा बाढीको जोखिम
8 months अगाडी
manoj Thapa
काठमाण्डौ – छिमेकी चीनतर्फ अविरल वर्षाका कारण भोटेकोशी नदीमा आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले गएरातिको बाढीले पुल बगाएको उज्यालोलाई जानकारी दिनुभयो । बिहान ३ बजेतिर आएको बाढीले पुल बगाएसँगै रसुवा हुँदै चीनसम्म सडकमार्गको सम्पर्क बिच्छेद भएको छ ।
यस्तै भन्सारमा राखिएका गाडी पनि बगाएको र तर कति बगायो भन्ने तथ्याँक आउन आउन बाँकी रहेको उहाँको भनाइ छ । अहिलेसम्म मानवीय क्षतिको जानकारी नआएको, तर मानिस फसेको हुन सक्ने उहाँले बताउनुभयो ।
नदीमा पानीको बहाब अझै उच्च गएकोले सतर्क रहन तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ । यस्तै त्रिशूली नदीमा पनि बाढीको जोखिम रहेकाले नदी किनारमा बस्नेलाई सावधानी अपनाउन भनिएको छ । उज्यालो
July 8, 2025 8:40 am | प्रकोप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
Loading...