झापाली समाज कुवेतले झापा, कनकाई नगरपालिका वडा नं.-३,पिङ्ग डाँडाकी टिका तिम्सीना लाई रु ५१,९९६ रुपैया आर्थिक सहयोग गरेको छ ।
खाद्य नलि पूर्ण रुपले बन्दभई थुक समेत निल्न नमिल्ने भएको र यस्को उपचार नेपालमा संभव नहुने भएकाले उपचारका लागि छिमेकी राष्ट्र भारत लगि उपचार गराउनु पर्ने भएकाले वडा कार्यालयको र परिवारको आर्थिक सहयोग आवहान पत्र आए पश्यात परिवारको कम्जोर आर्थिक अवस्थालाई गम्भीर मन्न गरि तिम्सीनालाई समाज बाट र केहि सहयोग गर्न चाहानु हुने सहयोगो मनहरुको सहयोगमा जीवन रक्षार्थ उपचारको लागि सहयोग गरेको झापाली समाज कुवेतका अध्यक्ष लिला पाण्डे ले जानकारी दिए ।
“हाम्रो एकता विकासको लागि“ भन्ने मूल नाराका साथ २०१३ मा स्थापना भए देखि नै कुवेतमा स्थापित झापाली समाज कुवेतले समाजमा आवद्ध सदस्यहरुको आर्थिक उन्नती तथा झापा जिल्लाका साथै बिभिन्न जिल्लाहरुमा पनि विकासको लागि विभिन्न सहयोग र सामाजिक कार्यहरु गर्दै आएको झापाली समाज कुवेतका पुर्व अध्यक्ष एंव संरक्षक प्रसाद तिम्सीना ले जानकारी दिदै , यस सहयोग कार्यमा केहि सहयोग गर्नेका लागि जोडिनु हुने सबै सहयोगि मनहरु प्रति हार्दिक धन्यवाद पनि संरक्षक प्रसाद तिम्सीना ले दिएका छन् |
August 11, 2025 2:57 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी