नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या
काठमाण्डाै – नेपालमा गएको आर्थिक वर्षमा एक जना पत्रकारको हत्या हुनुका साथै प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना भएका छन् ।
२०८१ साल साउन १ गतेदेखि २०८२ असार ३२ गतेसम्म गरिएको अनुगमनमा एक जना पत्रकारको हत्या हुनुका साथै प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना भएको प्रेस काउन्सिल नेपालले जनाएको छ । यीमध्ये धम्की र दुर्व्यवहारका घटनाहरू सबैभन्दा धेरै ४१ वटा रहेको प्रेस काउन्सिल नेपालले आज निकालेकाे विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी आक्रमण र कुटपिटका घटना २२, पेशागत असुरक्षाका १३, कब्जा तथा अवरोधका सात र पक्राउ तथा पक्राउ प्रयासका घटना सात वटा रहेका छन् । प्रदेश अनुसार सबैभन्दा धेरै बाग्मतीमा ३८ वटा घटना भएका छन् ।
लैङ्गिक आधारमा यस अवधिमा भएका घटनामा ९६ पुरुष र १० महिला गरी एक सय ६ जना पत्रकार पीडित भएका पाइएको छ ।
गएको आर्थिक वर्ष प्रेस स्वतन्त्रता दुरुपयोगका ९ घटना भएकामा बागमतीमा चार, मधेशमा तीन र कर्णालीमा दुई वटा रहेका पाइएको छ । उज्यालो
August 12, 2025 11:36 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी