Friday 17th October 2025

संखुवासभा समाज कुवेतको प्रथम वार्षिक उत्सव सम्पन्न

2 months अगाडी

कुबेत – अनेकतामा एकता, संखुवासभा जिल्लाको पहिचान नै हाम्रो सान भन्ने नाराका साथ कुवेतमा गठन भएको संस्था संखुवासभा समाज कुवेतले हिजो अगष्ट १५ तारिख २०२५ शुक्र्बारको दिन कुबेतको  फर्वनिय स्थित द्वाइही प्यालेस रेष्टुरेन्टको सभाहलमा समाजको अध्यक्ष बिजय लामाको सभाध्यक्षता पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका अध्यक्ष एकराज मल्ल ज्यू को प्रमुख आतिथ्यतामा गरिएको थियो।

 

औपचारिक कार्यक्रमको शुरुवात दीप प्रज्वलन सगै केक काटेर रास्ट्रिय गान बाट शुरु गरिएको थियो । समाजको महिला उपाध्यक्ष – रोसिका गुरुङले स्वागत मन्तव्य बाट सबै लाई स्वागत गरिएको थिएन । भने कोषाध्यक्ष – पूजा तमाङले समाजले एक सालमा गरेका वार्षिक गतीविधी प्रस्तुत गरेका थिए । समाजले एक सालमा साढे दुई लाख भन्दा ज्यादा सहयोग गरेको कुरा कोषाध्यक्ष तमाङले प्रस्ट गर्नु भएको थियो।

कार्यक्रममा प्रमुख अतिथि विशिष्ट अतिथि लगायत संस्थाको सल्लहाकार ज्यूहरुले शुभकामना मन्तव्य राखेका थिए। भने समाजले प्रमुख अतिथी,पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका अध्यक्ष एकराज मल्ल लाई मायाको चिनो खादा तथा दोसल्लाद्वारा सम्मान गरिएको थियो। भने समाजको खेलाडीहरु लाई पनि सम्मान पत्र तथा खादाले सम्मान गरिएको थियो ।

कार्यक्रम लाई थप आकर्षक गर्न समाजका कलाकारहरु बाट सामूहिक नृत्य,एकल नृत्य, प्रस्तुतिले उपस्थित सम्पूर्ण दर्शकलाई भरपुर मनोरञ्जन दिलाएको थियो।

          August 16, 2025 11:27 pm | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...