Sunday 1st March 2026

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १२ सेप्टेम्बरमा केन्द्रिय अध्यक्ष जीवन हाताचो राई कुबेत आउँदै

7 months अगाडी

कुवेत/ किरातीहरुको “भाषा,धर्म संस्कार र सांस्कृतिकको संरक्षण,किरात राईहरुको साझा अभियान”भन्ने मुल नाराका साथ तथा सम्बर्धन गर्ने उद्देश्य लिएर २०१४ मा स्थापना भएको किरातराई जातिहरुको जातिय संस्था किरात राई यायोक्खा कुवेतको चौथ अधिवेशन केन्द्रिय अध्यक्ष जीवन हाताचो राईको प्रमुख आतिथ्यतामा आगामी १२ सेप्टेम्बरको दिन कुबेतको खैतान स्थित राजधानी होटलको सभाहलमा गर्ने अध्यक्ष उमेश राई जानकारी दिएका छन।

 

१९ सेप्टेम्बर २०२५ शुक्र्बारको दिन गर्ने तय गरेपनी विविध कारणले एक हप्ता अघी गर्ने भएको छ। उक्त दिन हुने चौथो अधिवेशन कार्यक्रममा कुवेतमा कार्यरत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरु लाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाई दिन आयोजकले आग्रह गरेको छ।

 

 

कार्यक्रमको विवरण:

मिति :- सेप्टेम्बर  12 तारिक २०२५ शुक्रबार

स्थान :- खैतान राजधानी होटलको सभाहल

आयोजक :- किरात राई यायोक्खा कुवेत

          August 17, 2025 9:56 pm | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...