Wednesday 14th January 2026

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

5 months अगाडी

कुवेत,  आगामी अगस्ट २९ मा आयोजना हुने हरितालिका तीज विशेष सांगीतिक तथा सांस्कृतिक कार्यक्रमका मुख्य आकर्षण, नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने भएकी छन्।

नेपाल कुवेत सांस्कृतिक मञ्चले आयोजना गर्न लागेको यस कार्यक्रमलाई भव्य बनाउन कलाकारको स्वागतका लागि सम्पूर्ण तयारी पूरा गरिएको मञ्चका अध्यक्ष गोबिन्द बराल ले जानकारी दिएका छन्।

आयोजकले कुवेतमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई भोलि विमानस्थलमा उपस्थित भई प्रीति आलेलाई हार्दिक स्वागत गर्न अनुरोध गरेका छन्।

हरेक वर्षजस्तै यसपटकको कार्यक्रम पनि नेपाली समुदायको सांस्कृतिक एकता र उत्सवको साझा प्लेटफर्म बन्ने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।

मिति: अगस्ट २९, २०८२ (शुक्रबार)

समय: दिउँसो १२:०० बजे

स्थान: अस्पायर इन्डियन स्कूल, जिलिप

          August 27, 2025 6:12 pm | संगीत


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...