भागेका कैदीबन्दी कहिँकतै देखिए तत्काल जानकारी दिन प्रहरीको आग्रह
काठमाण्डौ – गएको भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा कारागारबाट भागेका कैदीबन्दीमाथि प्रहरीले निगरानी बढाएको छ । नेपाल प्रहरीले दशैँ, तिहार, छठलगायतका चाडपर्व नजिकिँदै गरेको सन्दर्भमा उनीहरु गाउँघरमा देखिन या भेटिन सक्ने भएकाले नागरिकलाई पनि सतर्क रहन आग्रह गरेको छ । भागेकामध्ये झन्डै आठ हजार जना कैदीहरू कारागार फर्किएका छन् भने अझै छ हजार फरार छन् ।
केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले सम्भावित घटना रोक्न जिल्ला प्रहरी कार्यालयलाई आवश्यक पत्राचार भइसकेको छ । सुरक्षाका दृष्टिले कुनै शङ्कास्पद गतिविधि वा भागेका कैदी देखिए तत्काल नजिकैको प्रहरी कार्यालय वा सुरक्षानिकायलाई जानकारी दिन पनि उहाँको आग्रह छ । कारागार व्यवस्थापन विभागले भागेका कैदीहरूलाई यही असोज २० गतेभित्र कारागार फर्कन आग्रह गरेको छ । उज्यालो
September 28, 2025 4:38 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन