कुवेतमा युवा शक्तिको अधिवेशन नोभेम्बर १४ मा हुने
कुवेत सिटी,- कुवेत सके राम्रो गरौँ नसके नराम्रो नगरौं भन्ने नाराको साथ गठन भएको युवा शक्ति कुवेतले आफ्नो अधिवेशन नेपाली युवाहरूको प्रतिनिधित्व गर्ने सामाजिक संस्था युवाशक्ति कुवेत आयोजना गरिने ‘युवाशक्ति अधिवेशन नोभेम्बर १४ ,२०२५ मा भव्य रूपमा गर्ने भएको छ।
अधिवेशनले प्रवासी नेपाली युवाहरूको नेतृत्व विकास, सामाजिक उत्तरदायित्व र एकताको सन्देश साथ अधिवेशनले गर्ने लागेकाे युवा शक्ति कुवेतका संयोजकले बताए।
यसअघि नै रक्तदान जस्तो कार्यहरू आयोजना गरेर समाजमा यथार्थ उदाहरणीय भूमिका निर्वाह गरिसकेको युवाशक्ति कुवेतले अधिवेशनमार्फत आफ्नो संगठनात्मक कार्यशैलीलाई थप सुदृढ गर्दै भावी योजनाहरूलाई स्पष्ट दिशा तर्फ जाने बताए।
कार्यक्रम कुवेतको शेफ सिक्नेचर रेस्टुरेन्ट फर्वानिया सभाहलमा आयोजना गरिनेछ। जहाँ कुवेतभरिका विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुने युवाहरूको उल्लेखनीय उपस्थिति रहनेछ। अधिवेशनमा नयाँ कार्यसमिति चयन, संगठनात्मक प्रतिवेदन प्रस्तुत, सांस्कृतिक कार्यक्रम, तथा युवासम्बन्धी विभिन्न विषयमा छलफल हुने जनाइएको छ।आयोजक समितिका अनुसार, कार्यक्रमको तयारी रहेकाे बताए। कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुतिहरू समेत रहने युवा शक्ति टीम कुवेतका युवा संयोजकले बताए।
कार्यक्रमकाे विवरण
मिति: नोभेम्बर १४, २०२५
स्थान: शेफ सिक्नेचर रेस्टुरेन्ट फर्वानिया
समय: ११ बजे
सम्पर्क:नम्बर 510 80935 / 9781 5771/ 6997 0058
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो