जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
काठमाण्डाै – जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीमध्ये झन्डै पाँच हजार जना अझै फरार रहेका छन् । कारागार व्यवस्थापन विभागका अनुसार बालसुधारगृहका समेत गरी १४ हजारभन्दा धेरै कैदीबन्दी भागेकामा झन्डै पाँच हजार जना जेल फर्किएका छैनन् ।
दशैँ, तिहार र छठ लगायतका पर्व सकिने क्रममा रहेकोले अब फरार कैदीबन्दीको खोजीलाई तीव्र बनाउने गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हरेक जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित फरार बन्दी खोजी तथा पक्राउ कार्यदल सक्रिय छ । कार्यदलले पालिका र वडा कार्यालयसँग समेत समन्वय गरेर फरार कैदीबन्दीको सूचना सङ्कलन गर्ने र पक्राउ गर्ने काम गर्ने जिम्मेवारी पाएको छ ।
यस्तै शैक्षिक संस्था, टोल सुधार समिति तथा स्थानीय क्लब, सार्वजनिक गाडी, बसपार्क, मनोरञ्जन स्थलहरू, सीमा नाकालगायतका ठाउँमा फरार रहेका कैदीबन्दीको नामावली पठाएर खोजतलास भइरहेको गृह मन्त्रालयले जनाएको छ ।
अब फरार कैदीबन्दीको तस्वीर प्रकाशन गर्ने तयारी रहेको कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेले बताउनुभयो । सार्वजनिक ठाउँमा कैदीबन्दीका तस्वीर टाँसिएमा पहिचान गर्न सहज हुने विश्वास छ ।
यस्तै विभागले फरार कैदीबन्दीलाई लुकाउने वा आश्रय दिने व्यक्तिलाई समेत कसुरदार ठानी कारबाही हुने जानकारी गराएको छ । फागुन २१ गतेको प्रतिनिधिसभा चुनावका लागि फरार कैदीबन्दी मुख्य चुनौती हुने देखिएपछि उनीहरूलाई पक्राउ गर्न सरकारलाई दबाव बढिरहेको छ । उज्यालो
October 26, 2025 4:41 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी