त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो
काठमाण्डौ – त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेपालले भारतलाई २–१ अन्तरले हराएको छ । नेपालको जितमा दुबै गोल कप्तान तथा स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) ले गरिन् । भारतको लागि करिश्मा पुरूषोक्तम सिरभोएकरले १ गोल गरिन् ।
सिलोङको जवाहरलाल नेहरू रंगशालामा भएको खेलको दोस्रो मिनेटमा साम्बाले उत्कृष्ट गोल गरिन् । नेपालले सुरुमै १–० को अग्रता बनायो । पहिलो हाफ १–० को नतिजामा सकियो । दोस्रो हाफपछि नेपालले ६३औं मिनेटमा फेरि गोल गर्याे । साम्बाले हानेको फ्रि–किक गोलमा परिणत भयो । साम्बाको यो ६६औं अन्तर्राष्ट्रिय गोल हो ।
खेलको ८१औं मिनेटमा भारतले एक गोल फर्कायो । त्यसपछि दुवैतर्फबाट थप गोल भएन् । नेपाल २–१ को जित हात पान सफल रह्यो । नेपालले भारतलाई हराएको यो चौथो पटक हो । यसअघि इरानले नेपाललाई ३–० र भारतलाई २–० ले हराएको थियो । अब नेपालले पर्सि बिहीवार सिक्किममा भारतसँग मैत्रिपूर्ण खेल खेल्नेछ । उज्यालो
October 28, 2025 10:18 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निरेम अपडेटको प्रधान सम्पादकमा पत्रकार दिपेन्द्र निरौला
महादेव युवा समाज डोकट्को आयोजनामा सुदूरपश्चिमेलीको महान चाड गौरा पर्वको उपलक्ष्यमा वडा स्तरीय महीला तथा पुरुष भलीवल प्रतियोगिता हुने।
बाढीपीडितका लागि एनआरएनए एनसीसी कुवेतको नेतृत्वमा राहत सहयोग समिति गठन
कुवेतमा तीज विशेष कार्यक्रम गर्दै निरेम
कुवेतमा घरेलु कामदारका रूपमा कार्यरत पूजा तामाङ विगत ६ महिनादेखि सम्पर्क विहीन
निरेम सांगीतिक उत्सव–२०२७ को तयारी सुरु
तमू समाज कुवेतले जनवरी १ मा ल्होछार मनाउने, उक्त दिन कार्यक्रम नजुधाउन आग्रह
नेपाल पत्रकार महासंघ कुवेतको १७औं स्थापना दिवसमा रक्तदान कार्यक्रम भव्यताका साथ सम्पन्न, राजदूत लम्सालद्वारा रक्तदान