बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
बेलायतमा रेलभित्र छुरा प्रहार हुँदा १० जना यात्रु घाइते भएका छन् । गएराति पूर्वी बेलायतको क्याम्ब्रिजशरको हन्टिङ्डन स्टेशनमा यात्रुमाथि छुरा प्रहार हुँदा ९ जना गम्भीर घाइते भएका बीबीसीले जनाएको छ ।
बेलायतका प्रधानमन्त्री किअर स्टार्मरले यो घटनालाई भयानक भन्नुभएको छ । यो घटनापछि त्यस क्षेत्रका सबै रेल सेवाहरू रोकिएका खबरमा उल्लेख छ ।
यसैबीच छुरा प्रहार भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले पक्राउ गरेको दुवै जना पुरुष बेलायती नागरिक हुन् ।
सरकारी तथ्याङ्क अनुसार बेलायतमा सन् २०११ देखि छुरा प्रहारका अपराध ‘निरन्तर’ बढिरहेको पाइन्छ । गएको वर्ष व्यापक सरकारी कारबाहीका क्रममा ६० हजार चक्कु आफूलाई प्राप्त भएको वा जफत गरिएको प्रहरीले बताएको छ ।
बेलायतमा सार्वजनिक रूपमा चक्कु बोक्दा चार वर्षसम्मको जेल सजाय हुन सक्ने कानूनी व्यवस्था छ । उज्यालो
November 2, 2025 7:52 pm | विश्व
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।