Wednesday 7th January 2026

उदयपुर मिलिजुली समाज कुवेतद्वारा रक्तदान कार्यक्रम गर्दै :

2 days अगाडी

कुवेत। उदयपुर मिलिजुली समाज कुवेतले “रक्तदान जीवन दान” भन्ने उद्देश्यसहित जनवरी ९, शुक्रबारका दिन वृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ।

सेन्ट्रल ब्लड बैंक, जाब्रिया मा दिउँसो १ बजेदेखि ५ बजेसम्म सञ्चालन हुने कार्यक्रममा कुवेतमा रहेका नेपाली समुदाय तथा इच्छुक सबैलाई सहभागी हुन समाजले आह्वान गरेको छ। अस्पतालमा रगतको अभाव कम गर्न र सामाजिक उत्तरदायित्व पूरा गर्न कार्यक्रम आयोजना गरिएको समाजले जनाएको छ।

अध्यक्ष मोहन लुइटेल (५५०४७६८०), उपमहासचिव बिनोद अधिकारी (६०७९७५१५) र सचिव रमेश शिलवाल (५५९०७०९४) ले सबैलाई उपस्थित भई पुण्य कार्यमा सहभागी हुन अनुरोध गरेका छन्।

          January 6, 2026 8:39 am | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...