गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
काठमाण्डाै – इन्डियन आइडल विजेता प्रशान्त तामाङको निधन भएको छ । ४२ वर्षका तामाङलाई ह्रदयघात भएर नयाँ दिल्लीको एक अस्पतालमा पुर्याउँदा अस्पतालले उनलाई मृत घोषणा गरेको हो ।
फिल्मकर्मी राजेश घतानी, गायक प्रमोद खरेललगायतले तामाङको निधनप्रति सामाजिक सञ्जालमार्फत श्रदाञ्जली व्यक्त गरेका छन् । भारतीय सञ्चारमाध्यमहरूले अरुणाचल प्रदेशमा कार्यक्रम सकेर दिल्ली फर्किएलगत्तै उनको निधन भएको जनाएका छन् ।
पश्चिम बङ्गालको दार्जिलिङमा साधारण परिवारमा जन्मिएका तामाङले सन् २००७ मा तेस्राे संस्करणकाे इन्डियन आइडलकाे उपाधिसँगै राष्ट्रियस्तरको ख्याति हासिल गरेका थिए । नेपाली भाषी तामाङलाई इन्डियन आइडलमा जिताउन नेपालमा पनि भोटिङ अभियानहरू चलेका थिए ।
कोलकाता प्रहरीमा कन्स्टेबलका रूपमा सेवा थालेका तामाङले पछि राजीनामा दिएका थिए । उनले गाएका थुप्रै नेपाली गीत चर्चित छन् । तामाङले ‘गोर्खा पल्टन’, ‘परदेशी’, ‘परदेशी २’ लगायतका नेपाली चलचित्रमा अभिनय गरेका छन् ।
तामाङले सलमान खानको फिल्म ‘ब्याटल अफ गलवान’ बाट बलिउडमा डेब्यु गरेका थिए । उज्यालो
January 11, 2026 2:12 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो