राजतन्त्रको पक्षमा प्रदर्शनमा आउन भन्दै म्यासेज पठाउने व्यक्ति पक्राउ
काठमाण्डाै – राजतन्त्रको पक्षमा प्रदर्शनमा आउन भन्दै अनधिकृत रूपमा म्यासेज पठाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले निर्देश सेढाईंलाई पक्राउ गरेको हो ।
एटी अलर्टको बल्क एसएमएस सिस्टम दुरुपयोग गर्दै सेढाईंले एकैदिन ५० लाख एसएमएस पठाएको पाइएको छ । कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार अहिले विस्तृत अनुसन्धान र सोधपुछको काम भइरहेको छ ।
वेदव्यास इन्टरप्राइजेज नामक कम्पनीको नामबाट विभिन्न एसएसएस प्रदायकबाट सेवा लिएका सेढाईंले त्यसको दुरुपयोग गरेर एकैदिन लाखौँ एसएमएस पठाउँदै आन्दोलनमा आउन आह्वान गरेका थिए ।
यसले व्यक्तिगत गोपनीयताको हनन गरेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ । टेलिकमले पनि हिजो विज्ञप्ति निकालेर व्यापार व्यवसाय प्रवर्द्धनका लागि मात्रै एसएमएस प्रवाह गर्न स्वीकृति दिने गरेको बताएको छ्।उज्यालो
January 14, 2026 4:36 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो