Wednesday 14th January 2026

राजतन्त्रको पक्षमा प्रदर्शनमा आउन भन्दै म्यासेज पठाउने व्यक्ति पक्राउ

3 hours अगाडी

काठमाण्डाै – राजतन्त्रको पक्षमा प्रदर्शनमा आउन भन्दै अनधिकृत रूपमा म्यासेज पठाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले निर्देश सेढाईंलाई पक्राउ गरेको हो ।

एटी अलर्टको बल्क एसएमएस सिस्टम दुरुपयोग गर्दै सेढाईंले एकैदिन ५० लाख एसएमएस पठाएको पाइएको छ । कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार अहिले विस्तृत अनुसन्धान र सोधपुछको काम भइरहेको छ ।

वेदव्यास इन्टरप्राइजेज नामक कम्पनीको नामबाट विभिन्न एसएसएस प्रदायकबाट सेवा लिएका सेढाईंले त्यसको दुरुपयोग गरेर एकैदिन लाखौँ एसएमएस पठाउँदै आन्दोलनमा आउन आह्वान गरेका थिए ।

यसले व्यक्तिगत गोपनीयताको हनन गरेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ । टेलिकमले पनि हिजो विज्ञप्ति निकालेर व्यापार व्यवसाय प्रवर्द्धनका लागि मात्रै एसएमएस प्रवाह गर्न स्वीकृति दिने गरेको बताएको छ्।उज्यालो

 

          January 14, 2026 4:36 pm | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...