इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न नदिइने बताउनुभएको छ ।
जर्मनीको म्युनिखमा भएको ब्लूमबर्गसँगको अन्तर्वार्तामा विदेशमन्त्री रुबियोले अमेरिका, युरोप, मध्यपूर्व क्षेत्र र विश्व शान्तिका लागि इरान खतरा रहेको टिप्पणी गर्नुभएको बीबीसीले जनाएको छ । उहाँ सुरक्षा सम्मेलनमा भाग लिन म्युनिख पुग्नुभएको हो ।
मार्को रुबियोले मध्यपूर्वमा अमेरिकाका सहयोगीहरू रहेको र त्यहाँ अमेरिकी सैन्य अड्डाहरू पनि रहेका बताउनुभयो । इरानको कुनै गल्तीका कारण ठूलो द्वन्द्व नहोस् भनेर यस क्षेत्रमा अमेरिकाले आफ्नो सैन्य उपस्थिति कायम राख्न चाहेको उहाँको भनाइ छ । इरानले यस क्षेत्रमा रहेका अमेरिकी अड्डाहरूलाई लक्षित गर्न उत्सुकता देखाउको उहाँले दाबी गर्नुभयो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्राथमिकता इरानसँग सम्झौता गर्नु रहेको स्पष्ट पार्नुभएको विदेशमन्त्री रुबियोलाई उद्धृत गर्दै खबरमा उल्लेख छ । उज्यालो
February 15, 2026 4:34 pm | विश्व
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ