यौन पिपासुहरु जस्लाई पारिवारिक साइनोले पनि छेक्दैन, आफ्नै बहिनीलाई गर्भ बोकाउने दाई पक्राउ
काठमाडौं, २५ असोज । यौन पिपासुहरुले के रगतको साइनो पनि मान्दैनन ? समाज नराम्ररी विछृंखलित बन्दै जाँदा राजधानी काठमाडौंमा नै एउटा पाशविक घटना सार्वजनिक भएको छ । लेख्न पनि हात धर्मराउने , पढ्न पनि आँशु चुहाउनु पर्ने घटनाले समाज र परिवारको साइनो कसरी चुँडिदैछ भने कहालीलाई उजागर गरेको छ ।

एकपछि अर्को बलात्कारका घटना घटिरहेको बखत पुनः काठमाडौंकै एक दर्दनाक घटना बाहिर आएको छ । बलात्कार भएको पनि त्यति बेला थाहा भयो, जतिबेला किशोरी प्रसव पीडाले छटपटाउँदै अस्पताल पुगिन् र उनले मृत शिशुलाइ जन्माइन् । दाइ नाता पर्नेबाट १२ वर्षको उमेरदेखि नै बलात्कृत हुँदै आएको वास्तविकता किशोरीले प्रहरी समक्ष समाज चकित बनेको छ ।
बुधवार राति ११ बजेतिर पेटमा असह्य पीडा भएको बताएपछि १५ बर्षीया किशोरी निशा (नाम परिवर्तन )लाई आफन्तले पिपुल्स अस्पताल लगे । चिकित्सकले जांच गर्दै गर्दा उनी पिसाब लागेको भन्दै अस्पताल गइन् शौचालयबाट फर्कँदा उनको लुगामा रगत देखेपछि ड्यूटीमा रहेका चिकित्सकले पुनः जांच गरे र उनी गर्भवती रहेको थाहा पाए । उनी गर्भवती रहेको कुरा त्यतिबेला सम्म निशा र उनका आफन्तले अस्वीकार गरे ।
आफ्नो छोरी बिहान स्कुल जाने र बेलुका ६ बजे घर आइपुग्ने भन्दै त्यस्तो गलत प्रकृतिको नभएको जिकिर परिवारजनले गरिरहे । डाक्टर र किशोरीकी आमाबीच छलफल चलिरहेकै बेला निशा एकदमै पेट दुखेका भन्दै चिच्याउन थालिन् । त्यसपछि चिकित्सक र नर्सको टिमले लुगा खोलेर हेर्दा किशोरी सुत्केरी हुनै लागिसकेकी थिइन् । यो दृश्य देखेपछि भने किशोरीकी आमा छाँगोबाट खसेझैं भइन् ।
निशाले १ दशमलब ३ केजीको मृत शिशु (छोरी) जन्माइन् । अस्पतालमा संगै आएका दाइले गाउँ जाँदा कक्षा ६ मा पढ्दादेखि नै (१२ वर्ष) देखि नै बलात्कार गर्दै आएको बताइन । आमाबुबा नभएको बेलामा दाई आएर कोठामै बलात्कार गर्ने गरेको पीडा पनि उनले ओकलिन । शिशु किन मृत जन्मियो भन्ने विषयमा चिकित्सकले कि त आमाको उमेर नपुग्दा वा कुनै औषधि खुवाइएको कारण मृत्यु भएको हुनसक्ने जानकारी दिएका छन् ।
किशोरीले आफु दाइ नाता पर्नेबाटै बलात्कृतभएको चिकित्सकलाई बताएपछि चिकित्सकहरुले सोह्रखुट्टे प्रहरीलाई खबर गरेका थिए । महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका डिएसपी गौतमकुमार केसीले अभियुक्त पक्राउ परिसकेको र अन्य अनुसन्धान जारी रहेको जानकरी दिनु भयो ।
October 13, 2018 7:39 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :