Monday 22nd December 2025

दिल्लीबाट खाडी पठाउन लागिएका ८ नेपाली महिलाको उद्धार

7 years अगाडी

खुल्ला सिमानाका कारण नेपालमा धेरै मानव तस्कर बढ्न थालेका छन् । राम्रो काम लगाई दिने मोह अनि बिवाह गर्ने भन्दै छिमेकि मुलुक भारतमा लगी बिभिन्न देशमा पठाउँने गरेको पाईन्छ ।फेरी भारत बाट मानव तस्करले खाडी देशमा घरेलु कामदारको रुपमा पठाउन लागेका आठ नेपाली महिलाको नयाँदिल्लीबाट उद्धार गरिएको छ । उनीहरूलाई पहाडगंजस्थित होटल ओमेक्स डिलक्सबाट उद्धार गरिएको दिल्ली महिला आयोगले जनाएको छ ।

पाँच जनालाई इरान र तीन जनालाई कुवेत पठाउन लागिएको बताइएको छ । उनीहरू १९ देखि ३७ वर्षका हुन् । मानव तस्करले उनीहरूलाई बस र ट्रेनबाट त्यहाँ पु¥याइएकका थिए । गत साउनमा पहाडगञ्जबाट ३९, मुनिरका र मैदानगढीबाट १६र१६ गरी ७१ नेपाली महिलाको उद्धार गरिएको थियो ।

घरेलु कामदारका रुपमा वैदेशिक रोजगारीमा जान रोक लागेपछि भारत, श्रीलंकालगायतबाट विदेशिने क्रम बढेको छ । उनीहरूलाई निजी घर र होटल लगेर राखिएको जानकारहरू बताउँछन् ।

          October 14, 2018 1:44 pm | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...