Monday 22nd December 2025

यो बर्षको दशैं टिका शुभ–अशुभ कस्तो ? यस्ता गल्ती किमार्थ नगर्नु

7 years अगाडी

काठमाडौ । तपाई हामीलाई थाहा बर्ष २०७२ र २०७३ दुई वर्ष दशैंको टिका तिथि अनुसार परेका थिएनन् र नवमीकै दिन दशैंको टिका लगाइएको थियो । यसलाई धेरैले अनिष्ट पनि भने र कतिले देशमा के नराम्रो हुने हो भनेर आशंका पनि गरे । २०७४ सालको बिजया दशमीको टिकापनि शनिवार परेको थियो धेरैले यसलाई पनि अशुभ मानेका थिए । यो बर्ष २०७५ दशै टिका ग्रहणको शुभ साइत बिहान ०९ः५१ बजे जुरेको छ । विजया दशमीको दिन सूल गरीजी श्रविष्ठा परेको छ । शुक्रबारको दिन यो योग अति शुभ मानिन्छ । यसैले यो बर्षको टिकाले सबैमा शुभ प्राप्त हुने देखिन्छ ।तिथि टुट्नु राम्रो होईन
दशमीको टिका जुनसुकै बार परेपनि केही फरक पर्दैन । खाली तिथि टुट्नु मात्र नराम्रो कुरा हो । हामीले गएका दुई वर्ष भोग्यौं नि, भुँईचालो भन्दा अघिल्ला दुईवटा वर्ष लगातार दशमी तिथि नै थिएन । टिकाको दिन नै थिएन । हामीले नवमीको दिन टिका लगायौं । त्यो चाहिँ अनिष्ट हो । त्यसैले देश र जनतालाई निक्कै असर देखियो । अरु यो बार त्यो बार भन्ने कुरासँग यसको कुनै सम्बन्ध छैन । यो शरद्कालिन उपासनाको कुरा हो । यसमा के हुन्छ भने, मुख्य गरेर घटस्थापनाको दिन कस्तो परेको छ भन्ने कुरा हो ।

जमरा राख्ने दिन नराम्रो परे नराम्रो फल
जमरा राख्ने दिन कस्तो परेको छ । जमरा राख्दाको दिन नराम्रो परेको छ भने त्यसको फल नराम्रो हुन्छ र त्यो शान्ती गरेर मात्र गर्नुपर्ने हुन्छ । यो बर्ष घटस्थापनापनि राम्रो दिनमा परेको छ । यो साइत मात्र हेरेर गर्ने कुरा पनि होइन । अब जस्तै अरु कुराहरुमा नयाँ कुनै काम शुरु गर्नुपर्यो भने के बार पर्यो, के तिथि, के नक्षत्र, कस्तो गुण, कस्तो लग्न हामी हेर्छौं । दशैंको टिका भनेको दशैंको टिका नै हो । बारसँग यसको सम्बन्ध छैन ।

मान्छेहरुले शनिवार, मंगलवार टिका पर्यो अब अशुभ हुन्छ भन्ने गरेका छन् । त्यो उनीहरुको एउटा मनोविज्ञानको कुरा मात्र हो । मान्छेहरु एउटा के छ भने मंगल, शनि अथवा राहु भनेपछि मान्छेमा एकखालको त्रास उत्पन्न हुन्छ । मनोवैज्ञानिक त्रास हुन्छ । वारको कारणले नराम्रो हुने होइन । उपासना कस्तो भयो भन्ने कुरा हो । सबैभन्दा बिधिपक्षको महत्व छ । हामीले कुनै पनि देवी देउताको उपासना गर्दा विधि पुर्याएका छ कि छैनौं । हामीले भक्ति र श्रद्धाले त्यसको आराधना गरेका छौं कि छैनौं त्योसँग सम्बन्ध आउँछ । तिथि टुट्दा र योग नराम्रो पर्दा कहिलेकाहीँ दोष हुन्छ तर बारकै कारणले चाहिँ टिकालाई असर पर्दैन

धेरै शुभ नभएपनि यो बर्षको टिका शुभ मान्न सकिन्छ
यसपटक क्यालेन्डर अनुसार पनि सामान्य नै देखिन्छ । धेरै शुभ पनि छैन र अशुभ भनेर त्यस्तो अशुभै पनि छैन । अहिले जति पनि यज्ञ, अनुष्ठा, पूजा हवन, पुराणहरु जे जति हुन्छन् , यसमा के छ भने कुनै मुर्हुत हेरिँदैन । अचेल हेर्नै छाडे । त्यसका सिद्धान्त छन्, जस्तो बृहस्पति अस्ताउँदा, शुक्र अस्ताउँदा नयाँ यज्ञ गर्नुहुँदैन । कतिपय दक्षिणायनमा गर्न नहुने कर्महरु छन् । बिवाह वत्रबन्ध कै कुरा गरौं । वत्रबन्ध त दक्षिणायनमा गर्न हुँदै हुँदैन ।

असोज कात्तिकमा विवाह गर्न हुँदैन
विवाह पनि असोज कात्तिकमा त कहिले पनि गर्न हुँदैन । अहिले मान्छेहरु दशैंको बेला बिदेशमा बसेको छ छोराछोरी हुन्छन् अनि यहाँ आएर फटाफटी विवाह गर्दिन्छन् । दशैंको बेला के हो के हो । कहिलेकाहीँ यति वाध्यता पर्छ कि जाने इच्छा नहुँदा नहुँदै पनि त्यहाँ पुग्दिनु पर्ने हुन्छ । फेरि म मुर्हुत नभएको त्यस्तो कुनै पनि कर्ममा सहभागी नै हुन्न । त्यो चाहिँ अहिले हाम्रो लागि घातक भइरहेको छ । मुर्हुत नहेरिकन, समय नहेरिकन जथाभावी गर्ने प्रवृति नराम्रो हो । वेदले भन्छ, विधिपूर्वक गएन भने जसको त्यो आयोजक हो सबैभन्दा पहिला हानी उसैलाई गर्छ । यजमानलाई नै हानी गर्छ । त्यसले गर्दा यतिका यज्ञ, पुराण भइरहेका छन् किन त नेपालमा शुभ र असल अवस्था आएन भन्दा बिधिपूर्वक भएन ।

यस पावन पर्वको मुख्य टिका ग्रहणको शुभ साइत बिहान ०९:५१ बजे ।
नौ दिनसम्म पूजाअर्चना गरेको जमरा अनि दहि, रातो अविर, केरा र चामलसहितको समिश्रणबाट तयार पारीएको रातो बाक्लो अक्षताले निधार भरीने टिका नै विजयादशमीको महत्वपूर्ण सकल परिवार एकै ठाँउमा बसेर, घरको मूलखाँबो पूजा गरेर उमेरक्रमानुसार ठूला अनि क्रमशः सानाहरुले टीका, जमरा र आर्शिवाद थाप्ने चलन छ । उमेर पुगेका पाकाहरु साईतको टिका लगाउन आफूभन्दा ठूला मान्यजनकोमा जाने र नभएमा आफ्नै जीवनसाथी, जीवनसंगीनी या दाजूभाईकोमा जाने गर्दछन् ।

घरतर्फ टिका लगाउँदा शुभाशिष सहित दक्षिणा दिनुपर्ने र मामाघरमा लगाउँदा दक्षिणा पाइने चलन छ । केटाकेटीहरु टिका थापेपछी नयाँ, बास्नादार नोटहरु हात हातमा लिएर हिंड्दछन् । ति नोटहरुमा लतपतिएको अक्षताको रातो रङ्गको एक विशेष सम्झना हामीमध्ये धेरैको वालपनसँग जोडिएको छ, केही सम्झना आयो तपाइलार्इ ? फूलपाती पनि भित्राइयो, महाअष्टमी र महानवमीमा माछा मासुका विभिन्न मिठा परिकारहरू पक्कै पनि बनेका होलान् । गज्जबको पारिवारीक माहोलमा रमाइरहेकाहरु देखि परिवार अनि देशलाई सम्झेर परदेशमा टिको थाप्ने तयारी गरिरहनुभएको तपाई सबैलाई विजयादशमीको दशौं दिन अर्थात् महादशमीको शुभकामना । नेपालका सहज शहरदेखि असहज अन्कन्टार वस्ति समेत आज विहानैदेखि एउटा फरक रौनकमा सजिएर ब्यस्त बनेको छ केटाकेटीहरू नयाँ लुगा लगाएर यताउता दैलो-दैलो कूदिरहेका होलान् १ के बुढा, के वृद्ध अनि के तन्नेरि, सबैलाई दशैंको उर्जायूक्त रङ्गले छोएको छ ।

यो पावन पर्व हिन्दू धर्ममा मात्र सिमित नभएर एउटा सनातनी पर्व हो । यसलार्इ बौद्ध धर्मावलम्विहरूले समेत हर्ष र उल्लासका साथ मनाउने गरेका छन् । फरक केवल यत्ति छः हिन्दूहरू रातो टिका लगाएर नव दूर्गा भगवतीको पूजा अर्चना गर्ने गर्छन् भने बौद्ध अनूयायीहरू सेतो टिका लगाएर प्रज्ञाको पूजा गर्ने गर्दछन् । घरको मूल टिका लगाएर सुसुराली, मामाघर या ठूल बा, दाजू अनि अन्य मान्यजनकोमा पुग्ने चलन छ । आजको दिन बाटोघाटोमा टिका अनि जमरा लगाएर सपरिवार हिंडेका दृष्यले पनि हामी नेपाली पारीवारिक सौहार्दता र सामिप्यतामा कति विश्वास राख्छौं भन्ने कुरालार्इ प्रस्ट पार्दछ ।

वैदिक सनातन धर्मानूयायीहरूले दशैंको आर्शिवादलाई पौराणीक पात्रहरु र तिनको महारथसँग जोडेका छन् । आज दशमी तिथी अर्थात् विजयादशमीको दशौं दिन अनि यसै दिनमा पर्ने यो दिन दशमी र दशहराबाट आएको शब्द हो । दशहराको अर्थ हो दशानन रावणको पराजय (दशानन अर्थात् दश . दस ( आनन . मुख) । आजैको दिन दुर्गा भवानीले महिषाशुर नामक अशुरको वध गरेको भनेर पनि उल्लेख गरिएको छ । यी टिका, जमरा अनि रमाइलोको माहोल दैत्यहरुमाथी देवताहरुको विजय, असत्यमाथी सत्यको विजय अनि अमानविय तत्वमाथी मानवताको विजयका रुपमा लिइन्छ ।

टिका लगाउँदा महिला र पुरुषलाई भिन्न भिन्न आर्शीवाद दिने गरिन्छ जसको मन्त्रोच्चारण शब्द अनि अर्थ यहाँ प्रस्तुत गर्न जाँदैछौ । वैदिक सनातन धर्मका मन्त्रहरु नेपालीमा या अन्य भाषमा त्यती छैनन । अनेक देवी देवतालार्इ पूकार गर्दा संस्कृत भाषामैं भएका अनेक अर्थयूक्त मन्त्रहरु उच्चारण गर्ने गरिन्छ ।

          October 14, 2018 2:55 pm | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...