![](https://nepaldrishti.com/wp-content/uploads/2025/01/IMG_9649.jpeg)
![](https://nepaldrishti.com/wp-content/uploads/2018/06/800x80.gif)
सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा दशैँको चर्चा
![](https://nepaldrishti.com/wp-content/uploads/2018/10/56983087-DD02-485E-A926-A95C6B3DD74F.jpeg)
माधब शाही –
हिन्दु धर्मालम्बीहरुको महान चाड विजय दशमी सकिन लाग्दै गर्दा सामाजिक सञ्जाल फेसबुक र ट्वीटरका भित्ताहरुमा दशैँ चर्चा निकै चलेको छ । दशैँको टिका जमरा सिउरेको फोटो हरुले निकै रंगीनमय बनेको छ ।
सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा वलीको दशैँ अलोचना गर्ने थुप्रै देखिन्छन् । प्रधानमन्त्री केपी शर्मा ओलीभन्दा पूर्वराजा ज्ञानेन्द्रकहाँ टीका थाप्नेको भीड भन्ने शिर्षकमा धेरै अनलाईन मिडियाका समाचारले फेसबुकका भित्ता भरीएका छन् ।
फेसबुक तथा ट्वीटर दशैँको चर्चामा राष्ट्रपती बिद्यादेवी भण्डारीको आलोचना पत्रकार, लेखक देखी कलाकार सम्मले गरेका छन् । दशैँ चर्चाको कुरा गरिराख्दा सामाजिक सञ्जालमा राष्ट्रपती बिद्यादेवी भण्डारीले पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीलाई दसैँको टीका लगाइदिएको फोटो निकै भाइरल नै बनेको छ । फोटोमा पराजुलीले टिका लगाउंदा दुबै घुडा टेकेका छन् । हेर्दा लाग्छ कुनै महाराज धिराजको हातबाट सर्बसाधारण नागरिकले टिका थाप्दै गरेका छन् ।
पत्रकार रबी लामीछानेले राष्ट्रपती बिद्यादेवी भण्डारी लाई राजा महारानी बन्न खोजेको संज्ञादिए । उनी भन्छन् ” रैती नै हुन रुचाउने चाकडिवाज र राजा रानी नै हुन रुचाउने नव-महाराज/महारानीहरु जो घुडा टेक्छन/टेकाउछन,गणतन्त्र नेपालमापनि जनताको बाटो रोकेर सवारी चलाउछन। म चाहिँ अब कसैले सवारी भन्दै बाटो रोक्यो भने मरिगएपनि रोकिन्न। रा प को “सवारी” चल्दा जनताले हिड्न पाउदैनन् भन्ने कुरा संविधानमै लेख्या भए समातेर थुन्नु। लाजको पसारो…
नायिका रेखा थापाले राष्ट्रपती बिद्यादेवी भण्डारीले पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीलाई दसैँको टीका लगाइदिएको फोटोलाई ब्यंग्य गरेकी छिन् । उनी लेख्छिन “Wahhhh ….!!!!!! के भनौ र खोई “
बेला बखत खरो विचारहरु प्रकट गरे बापत बिबादित बन्दै आउने पत्रकार दिल निसानी मगर पनी दशैँ चर्चामा चुप लागेर बस्न सकेनन् , गणतन्त्रको भद्दा मजाकमा उडाएको र मदन मण्डारीको महान विचारमाथीका अपमान गरी नयाँ राजा बन्ने अभ्यास गरेको भने। “ जननेता स्व. मदन भण्डारीले २०४८ सालको आम निर्वाचनमा चावहिल चोकको सभालाई सम्बोधन गर्दै तत्कालिन राजा वीरेन्द्रलाई चुनौती दिंदै भनेका थिए-“आउ श्रीपेच फुकालेर चुनावमा लड्न म तयार छु महाराज ! हात नलम्काई बक्सियोस ! आँखा नचम्काई बक्सियोस ! आफ्ना सन्डमुसन्डहरुलाई नचलाइबक्सियोस ! यदि सन्डमुसन्डहरुलाई नै चलाउने
हो भने, यदि सन्डमुसन्डहरुलाई अगाडि लिएर आउने हो भने महाराजले पनि श्रीपेच उतारेर सिंहासनमा राखेर मैदानमा नेता भएर आउनुपर्यो, ताकि प्रतिद्वन्द्विता गर्न सकियोस ।” उनको अर्को मार्मिक भनाई पनि थियो- त्यो के भने “सामन्तवादको सामुल अन्त्य नभएसम्म राजा रहनु र नरहनुले खासै फरक पार्दैन।” तिनै महान विचारकको पत्नी भएका हिसाबले बिध्यादेवी भण्डारीलाई राष्ट्रपती स्विकार्न हजम भएको थियो। नत्र कुनैपनी दृष्टीबाट उहाँ यो देशको सर्वोच्च पदमा बस्न हैसियत प्राप्त मानिस हैनिन्। जुन प्रकारको दशै टिकाका सामन्तवादी शैलीहरु जनताबाट चुनिएका भनिएका शासकका आगनमा देखिएका छन् त्यो गणतन्त्रको भद्दा मजाक बाहेक अरु केही हैन। मदन मण्डारीको महान विचारमाथीका अपमान बाहेक अरु केही हैन। नयाँ राजा बन्ने अभ्यासहरु बाहेक अरु केही हैन।”
लेखक भुषण दाहाल लेख्छन्” संविधानवाट शब्दहरु निकालेर फ्याक्दैमा समाज त्यसै उज्यालिने होइन
स्पष्ट देखियो यस दशैंताका गणतन्त्र,धर्मनिरपेक्षता,सामन्ती राज्यसत्ता, समानता ईत्यादि पृथ्वीनारायण शाहको दसैंघरमा उमारेको जमराको सदुपयाेग जसरी गरियो क्रिसमस र इदहरुमापनि यि ठुला ठेगानाको हर्षउल्लास अब हेर्नै पर्छ ।
बिजय कुमार पाण्डे लेख्छन ” यी सज्जनले जे गरे,सो गरे । गोर्कीले भनेका छन ‘घस्रन जन्मेको मान्छे उडन सक्दैन’ । तर सम्माननिय राष्ट्रपतिले पनि यी सज्जनलाइ , यो धनुष्टङकार मुद्रामा नबस्न आदेश हुनु पर्ने थियो। यी सज्जनले राष्ट्रपति पदको मान होइन , नेपाली गणतन्त्रको अपमान गर्दैछन भनेर बुझिनु पर्छ ।
नेपालमा मात्र नभयर प्रवासमा रहेका नेपालीले पनी राष्ट्रपती बिद्यादेवी भण्डारीको आलोचना गरेका छन् । कुवेतमा समय र परिस्थिति अनुसार समसामहिक बिषयवस्तुमा कलम चलाउने लेखक नारायण पोख्रेलले पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीलाई दसैँको टीका लगाइदिएको फोटोलाई ब्यंग्य गर्दै ३ प्रश्न सहित यस्तो लेख्छन् ” अचम्म लाग्दो दृश्य ,बुझिनसक्नुको गणतन्त्र ।
दशैमा ठुलो उमेरकोले सानो उमेरकोलाई टिका लगाई आशिस दिने प्रचलन छ तर रास्ट्रपतिले प्रधानमन्त्री लाई टिका लगाइदिएको फोटो भाइरल देखियो अब हाम्रो मनमा प्रश्न खडा भयो ।
१ , उमेरमा जेठो रास्ट्रपति कि प्रधानमन्त्री ?
२ , गणतन्त्रमा जनताबाट निर्वाचितले राजा रजौटा जस्तो व्यवहार गर्न मिल्छ्की मिल्दैन ?
३, भोलिका दिनमा ५० बर्षको रास्ट्रपति र ६० बर्षको प्रधानमन्त्री भयो भने , टिका कसले कसलाई लगाइदिने ?
दुबईमा रहेका पत्रकार गुरु प्रसादलाई पनी पट्टकै मन परेको रहेनछ उनी लेख्छन् ” उल्फाको धन फुपुको श्राद्ध “,महारानी बन्ने तिब्र गतिको रेल दगुर्दै गर्दा रेल ट्र्याक बहिरिने पनि सम्भावना उतिकै भएको अभास हुने यो दृश्यमा सबै कुरा प्रष्ट देखिन्छ बुझिन्छ सबै बुझियो एउटा मात्र कुरो बुज्न सकिएन कोही झोले, हनुमान, बजरङ्गवली , डोके, ढाक्रेलाई यो पञ्चायती शैलिको टिका जमरा ग्रहण अभियानको #आसन चै के नामले चिनिन्छ भन्ने जानकारी छ कि ? लौन अरु साथी भाइ लाई समेत थाहा छ भने जानकारी पाउ न , मन मा यो आसन को खुल्दुली जागेर आयो ।
प्रवासमा रहेका नेपालीहरुले कामको बाबजुत पनी समय मिलायर दशैँ मनाए । प्रवासमा रहँदाको नियास्रो पन संगै दशैँ मनाउदा पोर्चुगल बाट पत्रकार गणेस पाण्डेले ठट्टेउली तरिकाले मनको बेदना पोख्दै यस्तो लेख्छन् “ दश औला जोडेर नमस्कार ! घरदेशतिर सबै रमाए होलान् , यता परदेशमा बिहानैदेखि बोरामा पैसा बटुल्न गएको मान्छे, बिटाका बिटा र बोराका बोरा पैसा ओसार्दा ओसार्दै लखतरान भएर राति १० बजेतिर मात्रै दशा काटेर दशैँ मनाईयो। इनबक्समा यति धेरै शुभकामना संदेश र आशिकहरु आए कि तिनलाई रिप्लाई गर्न नै अरु २-४ दिन खर्चिनुपर्ने देखियो। यत्ति लेख्दालेख्दै फेरी बिटाका बिटा र बोराका बोरा पैसा बटुल्ने समय शुरु हुने बेला भयो। तपाईहरु सबैको शुभकामना, सुभेक्षा र आशिर्वादले हामी धन्य भएका छौ। तपाईहरु सबैलाई एकै पटक नमन गर्दै , एउटै सन्देशबाट शुभकामना दिने दुस्साहस गरे – तपाईहरु सबैलाई दशैको शुभकामना।
![](https://nepaldrishti.com/wp-content/uploads/2018/06/2075-4-20.gif)
प्रतिकृयाहरू :
समाचारहरु:
![](https://nepaldrishti.com/wp-content/uploads/2025/01/IMG_9649.jpeg)
भर्खरै प्रकाशित
![](https://nepaldrishti.com/wp-content/uploads/2025/01/IMG_9649.jpeg)
दाङमा झण्डै २५ केजी चरेससहित तीन जना पक्राउ
![](https://nepaldrishti.com/wp-content/uploads/2025/01/IMG_9648.jpeg)
अख्तियारका अनुसन्धान अधिकृतलाई नै घुस दिन खोज्ने प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
![](https://nepaldrishti.com/wp-content/uploads/2025/01/IMG_9644.jpeg)
चीनमा भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या ९५ जना पुग्यो
![](https://nepaldrishti.com/wp-content/uploads/2025/01/IMG_9639.jpeg)
प्रेम र पर्वको फ्युजन् ‘निरेम सांगीतिक उत्सव’ फ्रेब्रुअरी २१ मा
![](https://nepaldrishti.com/wp-content/uploads/2025/01/IMG_9636.jpeg)
खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा पर्वतमा वृद्धाकाे ज्यान गयाे
![](https://nepaldrishti.com/wp-content/uploads/2025/01/IMG_9632.jpeg)
नेपालको पहिलो महिला राजदूत विन्देश्वरी शाहको निधन
![](https://nepaldrishti.com/wp-content/uploads/2024/12/IMG_9618.png)
नेपालमै पहिलोपटक राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्तन क्यान्सरको वंशाणुगत परीक्षण शुरू
![](https://nepaldrishti.com/wp-content/uploads/2024/12/IMG_9613.jpeg)
हवाई सुरक्षा जाँच गर्न दक्षिण कोरियाको निर्देशन
![](https://nepaldrishti.com/wp-content/uploads/2018/06/35922360_10204864298163303_8836465006120796160_n.jpg)
![](https://nepaldrishti.com/wp-content/uploads/2018/06/3295F428-ACC5-40C8-BC5A-95A66A719A8B.jpeg)