कुटपिटपछि शिक्षक बेपत्ता पारेको अभियोगमा वडा अध्यक्ष सहित ५ जना जेल चलान
रुकुम पूर्व – कुटपिटपछि शिक्षक बेपत्ता पारेको अभियोगमा वडा अध्यक्ष सहित ५ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । पुथाउत्तरगंगा गाउँपालिका–२ को पेल्मा आधारभूत विद्यालयका शिक्षक ५१ वर्षीय मखनकुमार केसीलाई बेपत्ता बनाएको अभियोगमा वडाअध्यक्ष सतसिङ बुढासहित ५ जनालाई रुकुमकोट जिल्ला अदालतले कारागार चलान गर्न निर्देशन दिएको हो । विद्यालयका निमित्त प्रधानाध्यापक समेत रहनुभएका शिक्षक केसी सिस्ने गाउँपालिका–६ का हुनुहुन्छ । शिक्षक केसी त्यस विद्यालयमा २३ वर्षदेखि अध्यापनरत हुनुहुन्थ्यो ।
जिल्ला न्यायाधीश दुर्गाबहादुर भुषालको इजलासले वडाअध्यक्ष बुढासहित त्यसै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जसबहादुर कामी, त्यसै ठाउँका रामराज झाँक्री, विनोद खत्री र पुथाउत्तरगंगा गाउँपालिका–१०का खिन्ते भनिने विकास बुढालाई कारागार चलान गरिएको अदालतका श्रेष्तेदार विष्णुप्रसाद पाण्डेले बताउनुभयो । उहाँका अनुुसार, शुक्रबार बेलुकी ८ बजेसम्म भएको बयान र बहसपछि त्यो आदेश भएको हो । अदालतले शुक्रबार निरन्तरको सुनुवाइपछि शुक्रबार नै फैसला गरेको थियो । उनीहरुलाई शुक्रबार राति नै रुकुम पश्चिमको कारागार पठाइएको छ ।
स्थानीय नागरिकले भदौ १४ देखि शिक्षक सम्पर्कमा नरहेको बताएका छन् । भदौ १७ गते मात्रै परिवारले शिक्षक हराएको खबर पाएका थिए । खबर पाएलगत्तै उनका दाजु मोहन केसीसहित आफन्तको २ वटा टोली खोजीका लागि २ पटक पेल्मा पुगे पनि केही पत्ता लगाउन सकेका थिएनन् । भाइ बेपत्ता भएको लामो समयसम्म केही पत्ता नलागेपछि मात्रै अदालतमा किटानी जाहेरी दिएको मखनका दाइ मोहनकुमारले बताउनुभयो । उहाँले स्थानीय सरकारको मिलोमतोमा घटना छिपाइएको आरोप लगाउनुभयो ।
शिक्षक केसी भदौ दोस्रो हप्तादेखि परिवार तथा आफन्त कसैको सम्पर्कमा नरहेको बताइएको छ । गएको साउन ३१ गते पुथाउत्तरगंगा गाउँपालिका–१०का विकास बुढा, धर्मसुर बुढा र पेल्माकै रामराज झाँक्रीलगायतले शिक्षक केसीमाथि कुटपिट गरेका थिए । साउन ३१ गते कुटपिटपछि भाद्र १ गते स्थानीय मेडिकलमा उपचार गराएका केसी त्यसको केही दिनपछि बेपत्ता भएको बताइएएको छ ।
October 27, 2018 12:02 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।