हत्या भएको १०० दिन पूरा हुँदा पनि दोषी पत्ता नलागेपछि अनशन बस्ने तयारीमा निर्मलाको परिवार
बलात्कार पछि हत्या भएकि कञ्चनपुरकी १३ बर्षिय बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको १०० दिन पुगेको छ । १०० दिन पूरा हुँदा पनि दोषी पत्ता नलागेपछि निर्मलाको परिवार अनशन बस्ने तयारीमा रहेको बताइएको छ । घटनाको सुरुआती अनुसन्धानमा लापरबाही गरेको भन्दै सरकारले कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख डिल्लीराज विष्ट र इन्स्पेटर जगदिश भट्टलाई बर्खास्त गरेको छ । प्रहरी प्रधान कार्यालयले पनि हत्या अनुसन्धानका लागि भन्दै विभिन्न समिति बनाएर अनुसन्धान गरिरहेको छ ।
तर ती अनुसन्धान समितिले पटक पटकको स्थलगत अनुगमन तथा स्थानीयसँगको छलफलका क्रममा दोषि पत्ता लगाएको छैन् ।निर्मलाका निम्ति न्याय अभियानले घटना अनुसन्धानमा सरकारलाई दवाव दिन भन्दै आज अपराह्न बानेश्वरमा प्रदर्शनको आह्वान पनि गरेका छन् ।दोषि पत्ता लगाउनुको सट्टा प्रहरीबाटै अनुसन्धानमा लापरबाही भएको र प्रमाण मेटाइएको निष्कर्ष परिवारले निकालेको छ ।
November 2, 2018 11:26 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।