हत्या भएको १०० दिन पूरा हुँदा पनि दोषी पत्ता नलागेपछि अनशन बस्ने तयारीमा निर्मलाको परिवार
बलात्कार पछि हत्या भएकि कञ्चनपुरकी १३ बर्षिय बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको १०० दिन पुगेको छ । १०० दिन पूरा हुँदा पनि दोषी पत्ता नलागेपछि निर्मलाको परिवार अनशन बस्ने तयारीमा रहेको बताइएको छ । घटनाको सुरुआती अनुसन्धानमा लापरबाही गरेको भन्दै सरकारले कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख डिल्लीराज विष्ट र इन्स्पेटर जगदिश भट्टलाई बर्खास्त गरेको छ । प्रहरी प्रधान कार्यालयले पनि हत्या अनुसन्धानका लागि भन्दै विभिन्न समिति बनाएर अनुसन्धान गरिरहेको छ ।
तर ती अनुसन्धान समितिले पटक पटकको स्थलगत अनुगमन तथा स्थानीयसँगको छलफलका क्रममा दोषि पत्ता लगाएको छैन् ।निर्मलाका निम्ति न्याय अभियानले घटना अनुसन्धानमा सरकारलाई दवाव दिन भन्दै आज अपराह्न बानेश्वरमा प्रदर्शनको आह्वान पनि गरेका छन् ।दोषि पत्ता लगाउनुको सट्टा प्रहरीबाटै अनुसन्धानमा लापरबाही भएको र प्रमाण मेटाइएको निष्कर्ष परिवारले निकालेको छ ।
November 2, 2018 11:26 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :