घरमै गएर धर्म परिर्वतन गराउने ४ विदेशी महिला पक्राउ : यस्तो डरलाग्दो छ विदेशी चलखेल !
रुपन्देही । बुटवलमा धर्म परिवर्तन गराउन प्रचार गर्दै हिँडेका चार जना पक्राउ परेका छन् । उनीहरुलाई वडाप्रहरी कार्यालय बुटवलले पक्राउ गरेको हो । पक्राउ पर्नेमा दुई जापानिज् र दुई जना नेपाली महिला छन् । पक्राउ पर्नेमा जापानिज् ४९ वर्षिय यासुको ओवा र ४४ वर्षिय मकिहिकुला छन्। त्यस्तै तिलोत्तमा नगरपालिका ५ की २५ वर्षिय पुष्पा घिमिरे र बुटवल सुख्खानगर बस्दै आएकी ३५ वर्षिय तिर्थमाया घले रहेको प्रहरीले जनाएको छ।
बुटवल उपमहानगरपालिका वडा नं। १४ पदमपुरमा धर्म परिवर्तनका लागि घर घरमा पुगेका उनीहरुलाई स्थानीयले नियन्त्रण गरी प्रहरीलाई खबर गरेका थिए। ६ जनाको टोलीले घरघरमा पुगेर आर्थिक प्रलोभनमा पारेर धर्म परिवर्तनका लागि प्रचार गरेको अवस्थामा स्थानीयले वडा प्रहरी कार्यालय बुटवलमा जानकारी गराएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट क्रिश्चियन धर्मका पुस्तक तथा पोष्टरहरु फेला पारिएको प्रहरीले जनाएको छ ।स्थानीय हरिशरण पाण्डेले एक घण्टासम्म निगरानी गरेर प्रहरीलाई खवर गरेको बताए । सुकुम्बासी बस्ती र दलित बस्तीमा घलेले विदेशी महिलाहरुलाई लैजाने र धर्म परिवर्तनका लागि प्रचार गर्ने गरेको पाईएको प्रहरीले जनाएको छ ।
November 5, 2018 12:01 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी