‘सीधाकुरा’को स्टुडियो मै आए कुलमान-रविले गरे सलाम, ‘दिपावली विशेष एपिसोड’ (भिडियो)
न्युज २४ टेलिभिजनको कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज २९९ औं एपिसोड हो । आजको एपिसोड विशेष एपिासेड बनेको छ । आजको एपिसोडमा कुनै रिपोर्टहरु प्रस्तुत गरिएको छैन, भने फोन मार्फत प्रत्यक्ष कुराकानी पनि गरिएको छैन ।

आजको एपिसोडमा १२ देखि १६ घण्टासम्मको लोडसेडिङलाई मुक्त गराउन सफल नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङसँग विशेष कुराकानी गरिएको छ ।
लोडसेडिङमुक्त तिहारः सबैको बत्ती बनेका कुलमान ! तपाईको कुनै व्यक्तिगत कारण बाहेक विजुली बत्तीको कारण यो तिहारमा तपाईको घर अँध्यारो छैन । अर्थात उज्यालोको यो पर्व तिहारमा तपाईको घरमा विजुलीबाट बल्ने थरि थरिका बत्तीहरु चम्किरहेको छ ।
एक छिन् २ वर्ष अघिको तिहारलाई सम्झिनुहोस् । १२ देखि १६ घण्टासम्म लोडसेडिङ । भुक्किएर एकैछिन् आएमा खाना पकाउने कि पानीको मोटर चलाउने कि, मोबाइल, इन्भरटर चार्ज गर्ने ? कि झिलिमिली बत्ती बाल्ने ? लगाएतका तनावमै अधिकांश समय खर्च भएको हुन्थ्यो । घर अँध्यारै थियो । सबै अस्तव्यस्त थियो ।
तर अहिलेको तिहारमा विजुली सम्बन्धि त्यस्ता झन्झटहरुबाट मुक्त छौं । यो खुसीको पछि नामै काफी छ, ‘कुलमान घिसिङ ।’ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएसँगै लोडसेडिङ कम हुँदै गएको थियो, भने दुई वर्ष अघिको तिहारको लक्ष्मीपूजाका एक कालो युग, अर्थात लोडसेडिङ युगको अन्त्य भयो ।
November 9, 2018 4:50 am | Uncategorized,टप,भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।