आफ्नै साथीलाई बलात्कार गराउन खोज्ने विराटनगरकी युवती पक्राउ
7 years अगाडी
Susma Dhakal
आफ्नै साथीलाई २ युवकहरूबाट बलात्कार गराउन खोजेको आरोपमा विराटनगरकी एक युवती पक्राउ परेकी छिन् । गत कात्तिक १५ गते परेको जाहेरीअनुसार मोरङ प्रहरीले विराटनगर–५ की स्मृति श्रेष्ठलाई पक्राउ गरेको हो । आफ्नी इटहरीकी साथीको बलात्कार गराउन २ जना केटाहरू ल्याएर जबर्जस्ती यौन सम्पर्क गराउन खोजेको उजुरी आएपछि श्रेष्ठ पक्राउ परेकी हुन् ।
श्रेष्ठसँग आएका भनिएका इनरुवाका युवक सन्तोष श्रेष्ठ भने फरार भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले बताए । कात्तिक १४ गते राती विराटनगरमा श्रेष्ठकै कोठामा सँगै मादक पदार्थ सेवन गरेपछि आफूमाथि बलात्कार गराउन खोजेको युवतीको जाहेरीमा उल्लेख छ । २ अपरिचित केटाहरू ल्याएर आफूलाई जबर्जस्ती यौन सम्पर्क गराउन हातपात गर्नुका साथै नग्न पारेको जाहेरी परेको मोरङ प्रहरीले बताएको छ ।
November 13, 2018 11:50 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
Loading...